Comments Add Comment

व्रिटेनको शाही परिवारमा भित्रिए तेस्रो शिशु पाहुना


११ वैशाख, काठमाडौं । व्रिटिश राजपरिवारमा नयाँ सदस्यको आगमन भएको छ । राजकुमार विलियम र राजकुमारी केट मिडल्टन आफ्नो नयाँ सन्तानसहित निवासमा फर्किएका छन् ।

राजकुमारी केटले सोमबार लण्डनस्थित सेन्ट मेरी अस्पतालमा तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी थिइन् । उनका पहिले नै एक छोरा र एक छोरी छन् ।

नवजात शिशु महारानीको छैठौं नाती हुन् । उत्तराधिकारीको पंक्तिमा उनी पाँचौं नम्बरमा छन् । नयाँ बच्चाको नामाकरण पछि गरिने छ ।

नयाँ सन्तान जन्मिने समयमा ड्युक अफ क्याम्ब्रिज स्वयं अस्पतालमा उपस्थित थिए । व्रिटेनको केन्सिङटन प्यालेसले एक विज्ञप्ति जारी गर्दै आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र परिवारका सदस्यहरु खुसी रहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री टेरिजा मेले ट्वीट गरेर राजकुमार विलियम्स र राजकुमारी क्याथरिनलाई बधाइ दिएका छन् ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि शाही दम्पतिलाई बधाइ दिएका छन् । उनले ट्विट गरेका छन्– केट र विलियमलाई बधाई । म उहाँहरुलाई शुभकामना दिन्छु ।

लण्डनका मेयर सादिक खानले पनि ट्विट गर्दै लण्डनबासीको तर्फबाट ड्युक र डचेस अफ क्याम्ब्रिजलाई पुत्र लाभ भएकोमा बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment