Comments Add Comment

फेरि तीन बैंकले कटाए अर्बमाथि नाफा


११ वैशाख, काठमाडौं । मंगलवार चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका तीन वाणिज्य बैंकको नाफा अर्बमाथि पुगेको छ ।

हिमालयन बैंक

बैंकको तेस्रो त्रैमाशमा नाफा करिब पाँच प्रतिशतले वृद्धि भएर एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी करिब पाँच प्रतिशत र अन्य आम्दानी करिब चार प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी दुई अर्ब ९१ करोड रुपैयाँ र अन्य आम्दानी एक अर्ब छ ।

बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य २७ करोड रुपैयाँ फिर्ता ल्याएको छ ।

बैंकको कर्जा र निक्षेप दुवैमा क्रमशः ९.४४ र ३.६९ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ केही बढाए पनि खराब कर्जा पनि बढेको छ । बैंकको खराब कर्जा १.१९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५.८१ पैसा, मूल्य आम्दानी अनुपात २३.६३ , सेयरमा प्रतिफल १७.१८ र प्रतिसेयर नेटवर्थ एक सय ६३ रुपैयाँ छ ।

नेपाल एसबीआई बैंक

बैंकको तेस्रो त्रैैमाशमा नाफा करीब २५ प्रतिशतले वृद्धि भएर एक अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी करिब ३१ प्रतिशत बढेको छ । अन्य आम्दानी करिब ४ प्रतिशतको दरमा बढेको छ । खुद ब्याज आम्दानी दुई अर्ब ८९ करोड रुपैयाँ र अन्य आम्दानी ८७ करोड छ ।

बैंकको कर्जा १९ प्रतिशतले बढ्दा निक्षेप करीब दुई प्रतिशतको दरमा घटेको छ । बैंकले ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ घटेको बैंकको खराब कर्जा झिनो दरमा बढेको छ । बैंकको खराब कर्जा ०.१३ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी २२.८६ पैसा, मूल्य आम्दानी अनुपात २४.०६, सेयरमा प्रतिफल १७.९७ र प्रतिसेयर नेटवर्थ एक सय ५१ रुपैयाँ छ ।

प्राइम बैंक

बैंकको तेस्रो त्रैमाशमा नाफा ४२ प्रतिशतले वृद्धि भएर एक अर्ब २५ रुपैयाँ पुगेको छ । बैंक खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य १५ करोड रुपैयाँ फिर्ता ल्याएपछि पनि नाफामा टेवा पुगेको हो ।

बैंकको खुद व्याज आम्दानी करिब २८.७९ प्रतिशत र अन्य आम्दानी करिब ५२ प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी एक अर्ब ६९ करोड रुपैयाँ र अन्य आम्दानी ८२ करोड छ ।

बैंकको कर्जा र निक्षेपमा क्रमशः ३६ प्रतिशत र ३२ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ केही बढाए पनि खराब कर्जा भने घटेको छ । बैंकको खराब कर्जा १.०६ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी २०.८९ पैसा, मूल्य आम्दानी अनुपात १४.१२, सेयरमा प्रतिफल १६.१ र प्रतिसेयर नेटवर्थ एक सय ३३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment