Comments Add Comment

लक्ष्मी र सेञ्चुरीको नाफामा उच्च वृद्धि, व्यवसाय वृद्धिको प्रभाव


११ वैशाख, काठमाडौं । मंगलवार चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका लक्ष्मी बैंक र सेञ्चुरी बैंकको नाफामा उच्च वृद्धि भएको छ ।

लक्ष्मी बैंक

बैंकको तेस्रो त्रैमाशमा नाफा ४१ प्रतिशतले वृद्धि भएर ८० करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी ३२ प्रतिशत र अन्य आम्दानी २६ प्रतिशतको दरमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी एक अर्ब ५४ करोड रुपैयाँ र अन्य आम्दानी ५९ करोड छ ।

बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य चार करोड रुपैयाँ फिर्ता ल्याएको छ ।

बैंकको कर्जा र निक्षेप दुवैमा क्रमशः १६.८८ र ९.४५ प्रतिशतको दरमा वृद्धि भएको छ । बैंकले ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ केही बढाए पनि खराब कर्जा पनि बढेको छ । बैंकको खराब कर्जा १.१६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १३.६४ पैसा, मूल्य आम्दानी अनुपात १७.९६, सेयरमा प्रतिफल १०.४४ र प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ छ ।

सेञ्चुरी कमर्सियल बैंक

बैंकको तेस्रो त्रैैमाशमा नाफा एक सय दुई प्रतिशतले वृद्धि भएर ६३ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानी दुवै ५९ प्रतिशतको दरमा बढेको छ । खुद ब्याज आम्दानी एक अर्ब २२ करोड रुपैयाँ र अन्य आम्दानी ३९ करोड छ ।

बैंकको कर्जा ६६ प्रतिशतले बढ्दा निक्षेप ५९ प्रतिशतको दरमा बढेको छ । बैंकले ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रोभिजनिङ केही बढेकोे बैंकको खराब कर्जा झिनो दरमा बढेको छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशतमा सिमित छ । बैंकको प्रतिसेयर आम्दानी १०.४२ पैसा, मूल्य आम्दानी अनुपात १६.५१, सेयरमा प्रतिफल ९.७२ र प्रतिसेयर नेटवर्थ एक सय १५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment