Comments Add Comment

नेप्से १६ अंकले घट्यो, सेञ्चुरीको नाफाले तानिए लगानीकर्ता

‘कप विथ ह्याण्डल’ फरमेशन


११ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नाफा सम्बन्धि वित्तीय विवरण प्रकाशित हुँदै गर्दा सेयर बजार पुनः आरोलो लाग्ने क्रममा देखिएको छ ।

नेप्से परिसूचक मंगलवार १५.९९ अंकले घटेर १३९४ विन्दुमा आइपुगेको छ । बजारले केही समयदेखि १४२४ आसपास अवरोध सामना गरिरहेको थियो । यही विन्दुमा नेप्सेले अवरोध भेटेको देखिन्छ ।

यस क्रममा नेप्सेले ‘कप विथ ह्याण्डल’को आकृती बनाउने सम्भावना देखिएको छ । यसमा ह्याण्डिल आकृति पुरा भएर ब्रेक आउट भएमा बजार कप आकृतिको गहिराई जतिकै बढ्ने विश्लेषण गरिन्छ । नेप्सेको यस पटकको कप आकृतिको गहिराई २ सय ५६ अंक छ । ब्रेक इभन प्वाइन्टबाट त्यति नै वृद्धि हुने विश्वास गरिन्छ ।

यसदिन सेञ्चुरी कमर्सियल बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । यस बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । बैंकको एक सय दुई प्रतिशतले नाफा बढेर ६३ करोड रुपैयाँ पुगेको छ । बैंकको सेयर मूल्य न्युन (रू. १९८) रहेकोले पनि लगानीकर्ता आकर्षित देखिएका हुन् ।

यस दिन ७३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको हो । व्यापारमुलक बाहेक सबै समूहका परिसूचक वृद्धि भएको छ । ३९ कम्पनीका सेयर कारोबार भने बढेर भएको छ । एक सय ७० कम्पनीको सेयर यसदिन कारोबार भएको छ ।

मंगलवार वित्तीय विवरण प्रकाशित गरेका लक्ष्मि बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र प्राइम बैंक सबैको मूल्य घटेको छ । प्राइम, लक्ष्मी बैंकको नाफा उच्चले बढेपनि लगानीकर्ता आकर्षित हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment