Comments Add Comment

प्रमुख निर्वाचन आयुक्तको निवास पुगे गृहमन्त्री र प्रहरी प्रमुख

सुरक्षामा सरकार गम्भीर छः गृहमन्त्री थापा

११ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचन आयोगका पदाधिकारीहरुको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार ललितपुरको हात्तिबनस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री बादलले आयोगका पदाधिकारीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका हुन् ।

गत आइतबार साँझ प्रमुख आयुक्त डा. यादवको निवासको पर्खालमा अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

भेटमा गृहमन्त्री बादलले केही समूह अस्थिरता निम्ताउन उद्दत रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइने बताए ।

उनले घटनामा संलग्नको पहिचान नजिक पुगिसकिएको भन्दै उनीहरुलाई छिट्टै पक्राउ पर्ने पनि जानकारी गराएका थिए ।

गृहमन्त्री बादलसहित गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि डा. यादवको निवासमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment