Comments Add Comment

बालबालिकालाई कुपोषित हुन नदिन आवश्यक छ माइक्रोन्युट्रिएन्ट्स

माइक्रोन्युट्रिएन्ट्स जसमा भिटामिन एवं मिनरल्स पर्दछन्, यो स्वास्थ्यका लागि जरुरी छ । वर्ल्ड हेल्थ अर्गानाइजेसन (डब्लुएचओ)का अनुसार विकासशील देशहरूमा हरेक तीनमध्ये एक व्यक्ति भिटामिन एवं मिनरल्सको कमी झेल्दै छन् । अल्प विकसित देशमा यो स्थिति झन् भयावह छ । दुईवटा अत्यावश्यक माइक्रोन्युटि्रएन्ट्स छन् जसको अभाव हुनुलाई कुपोषणको सबैभन्दा ठूलो कारण मानिन्छ । के हुन् त ती माइक्रोन्युटि्रएन्ट्सः

भिटामिन ए

भिटामिन ए को कमीले रतन्धो हुनसक्छ । यसको कमीले शरीर कमजोर हुन्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । बालबालिकालाई भिटामिन ए को कमी भयो भने उनीहरूको शारीरिक तथा मानसिक विकास अवरुद्ध हुन्छ । साथै निमोनिया, भाइरल संक्रमण तथा ठेउलाजस्ता समस्यालेछन् । डब्लुएचओको आँकडाअनुसार विश्वमा हरेक वर्ष दुईदेखि पाँचलाख बालबालिका रतन्धोग्रस्त हुने गर्छन् यीमध्ये करिब आधा बालबालिकाको मृत्यु बिरामी भएको एक वर्षभित्रै हुने गर्छ ।

के-के बाट पाइन्छ ?

हरिया पात भएका सागपात, सखरखण्ड, मेवा, सुन्तला, आँप, ब्रोकाउली, गोलभेँडा, सिमी, मटर कोसा, गाजर एवं रातो खुर्सानीमा भिटामिन ए पर्याप्त मात्रामा पाइन्छ ।

फाइदा

शरीररको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । भाइरस तथा ब्याक्टेरियाको संक्रमणबाट जोगिन सहयोग गर्छ । सेतो रक्त कणको निर्माणमा भिटामिन ए को महत्वपूर्ण भूमिका हुन्छ जसले शरीरमा हुने कुनै पनि संक्रमणविरुद्ध लढ्न सघाउँछ । कतिपय शोधहरूले यो भिटामिनले क्यान्सरसँग लड्न सहयोग गर्ने कुरा बताएका छन् ।

के खाने

गाढा हरिया सागसब्जी वा पहेला र सुन्तला रंगका फलफुल नियमित सेवन गर्ने तथा मिन्टसँग गाजर वा काँक्रोको सलाद पर्याप्त खाने हो भने यसको कमी हुन पाउँदैन ।

बढी हुँदा हानि

भिटामिन ए अत्यधिक बढी भयो भने त्यसले हानि पनि गर्नसयसबाट पहेँले रोग, वाकवाकी, भमिट तथा कपाल झर्नेजस्ता समस्या हुनसक्छ ।

आयोडिन

बालबालिकाको मानसिक स्वास्थ्यका लागि आयोडिन अनिवार्य तत्व मानिन्छ । गर्भावस्थाका क्रममा यसको कमी भयो भने समयअगावै शिशु जन्मने, गर्भपात हुने तथा शिशुमा विकृति आउनेजस्ता समस्या हुनसक्छन् । डब्लुएचओका अनुसार विश्वको करिब १३ प्रतिशत जनसंख्या आयोडिनको कमी झेलिरहेका छन् । यसको कमीका कारण थकान, गलगाँड, हाइ कोलेस्ट्रेल, अवसाद, हाइपोथाइराइड, तौल वृद्धि हुने तथा मानसिक विकार देखा पर्नेजस्ता अनेकौँ समस्या देखा पर्नसक्छन् । सामान्य व्यक्तिका लागि प्रतिदिन १०० देखि १५० माइक्रो ग्राम आयोडिन पर्याप्त मानिन्छ ।

के के बाट पाइन्छ ?

आयोडिनयुक्त नुन यसको सबैभन्दा सहज विकल्प मानिन्छ । यसबाहेक अन्डाको पहेँलो भाग, माछा, सी फुड, चीज, मायोनेज तथा कंडेन्स्ड मिल्कमा पनि पर्याप्त आयोडिन पाइन्छ ।

फाइदा

शरीरमा थाइराइढको कार्य सुचारु गर्छ । हार्मोनहरू सन्तुलित राख्छ । मेटाबोलिक सिस्टमले राम्रोसँग काम गर्छ । शारीरिक एवं मानसिक ऊर्जा वृद्धि हुन्छ । प्रजनन स्वास्थ्यका लागि पनि यो लाथदायक मानिन्छ । यसले टक्सिनलाई शरीरबाहिर निकाल्ने काम गर्छ । आधुनिक समयमा वातावरणमा विद्यमान मर्करी, लिड वा फ्लोराइडजस्ता टक्सिक रसायनहरूसँग लड्न पनि यसले मद्दत गर्छ । कपाल तथा नङको स्वास्थ्यका लागि पनि यसको आवश्यक पर्छ ।

बढी हुँदा हानि

आयोडिन शरीरका लागि अति नै जरुरी भए पन यिसको मात्रा धेरै भयो भने शरीरलाई हानि गर्नसक्छ । १००० माइक्रोग्राम भन्दा बढी आयोडिन सेवन गरे मुख तथा घाँटी पोल्ने, उल्टी हुने, पेट दुख्नेजस्ता समस्या देखिन सक्छन् । अति नै बढी भएमा यसले विषले झैं शरीरमा घातक प्रभाव देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment