Comments Add Comment

योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त, को हुन् उनी ?


११ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि  राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

को हुन् पुष्प कँडेल ?

एमालेभित्र लो प्रोफाइलमा रहेर हाइप्रोफाइल पदमा पुगेका कँडेल स्थायी कमिटीका पदेन सदस्य हुन् । २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिस्ट राजनीतिमा लागेका कँडेल एमालेमा राजकीय अवसर नपाएका नेतााका रुपमा चिनिन्छन् ।

२०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट-१, रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पाेरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका हुन् ।

उनले २०४२ सालबाट सरस्वती क्याम्पसमा पढाउन थाले । कँडेल एमालेको २०४९ मा सम्पन्न पाँचौ महाधिवेशनबाट केन्द्रीय लेखापरीक्षण कमिटीको सदस्य निर्वाचित भएका थिए । उनी १० वर्षदेखि निरन्तर लेखा परीक्षण आयोगको अध्यक्ष छन् ।

आठौं महाधिवेशनका क्रममा संघीयता र विकेन्द्रीकरणले मुलुकलाई हित गर्दैन भनेर आफ्ना विचार राख्दा संघीयता पक्षधरले उनीमाथि हातपातसमेत गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका कँडेललाई धादिङ जिल्ला कमिटीले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि सिफारिस गरेको थियो ।

उनले २०५१ सालमा एमाले सरकारमा रहँदा ३ महिना राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्य र २०६२/६३ को आन्दोलनपछि नेपाल बैंक लिमिटेडको संचालक समिति सदस्यमा रहेर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment