Comments Add Comment

भूकम्पको तीन वर्षः वसन्तपुरमा राष्ट्रपति, धरहरामा प्रधानमन्त्री


१२ वैशाख, काठमाडौं । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको आज तीन वर्ष पूरा भएको छ । बिनाशकारी भूकम्पको सम्झनामा आज विविध कार्यक्रम हुँदैछन् ।

काठमाडौं महानगरपालिकाले धरहरा परिसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माणमा श्रमदान गर्न आफू पनि तयार रहेको बताएका छन् ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो काठमाडौं दरवार परिसरको अवलोकन गर्ने कार्यक्रम छ । भूकम्पमा क्षति पुगेको दरबार परिसरका ऐतिहासिक सम्पदाको हाल पुनर्निर्माणको काम जारी छ ।

गत ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा झण्डै १० हजारले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।

भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि घरबारविहीन भएका सबै पीडितहरुलाई छानोमुनि ल्याउन सरकारले सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment