Comments Add Comment

बार्सिलोनामा ‘शत्रु गते’ को क्रेज, हल भरिएपछि दर्शकले भुइँमै बसेर फिल्म हेरे


बार्सिलोना । हल भरिभराउ भएपछि स्पेनका नेपालीहरुले चलचित्र ‘शत्रु गते’ भुइँमा बसेर हेरेका छन्।

३ सय क्षमता रहेको सिनेमा हलमा ४ सय बढी दर्शकहरु ओइरिएपछि उनीहरुले भुइँमा नै बसेर हेरेका हुन् ।

आइतबार स्पेनको बार्सिलोनास्थित जिरोना सिनेमा हलमा नेपालोना ईभेन्ट्सले चलचित्रको विशेष प्रदर्शन गरेको हो।

स्पेनसँगै युरोपका विभिन्न देशहरुमा यतिबेला चलचित्र प्रदर्शन भइरहेको छ।

प्रदीप भट्टराई निर्देशित चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका कलाकारहरुको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment