Comments Add Comment

धरहराको ठुटोमुनि प्रधानमन्त्रीको सम्बोधन- कोदालो र डोको बोक्न तयार छु 

भूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु ।

प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने- ‘मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।’

देश आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बेलामा अब अल्मिलिने र पर्खिने समय नरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं ? समृद्धि कहिले गर्छौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।’

धरहरालाई अव्यवस्थित तरिकाले नभएर व्यवस्थित तरिकाले बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

२०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने भन्दै प्रधानमन्त्रीले यसो भने-

मैले २०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।

यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । अथवा मैले सक्ने अरु योगदान गर्नुपर्छ भने त्यो पनि गर्छु । त्यसकारण मै बनाउँछु मेरो धरहरा ।

तरिकासँगले हामी यहाँ भएका मान्छेहरुले थाल्ने हो भने धरहराको निर्माण कार्य अगाडि बढ्छ । तर, अव्यवस्थित ढंगले त्यत्तिकै थालेर हुँदैन, व्यवस्थित ढंगले थाल्नुपर्छ । म आग्रह गर्न चाहन्छु अब पुनर्निमार्णको कामलाई तीव्रता दिऔं ।

धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं ।

अब पर्खिने समय छैन हामीसँग । हामीले देशलाई आर्थिक उन्नतकिो दिशामा तीब्रताका साथ लानु छ । भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं ? समृद्धि कहिले गर्छौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।

यो पनि पढ्नुहोस्

विपक्षीलाई प्रधानमन्त्रीको जवाफ-फासीवाद होइन, यहाँ जनवाद आउँदैछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment