Comments Add Comment

ट्यूसन पढाएरै खर्बपति बने यी शिक्षक


हालैका दिनहरुमा चीनका एकजना शिक्षक चर्चामा छन् । मानिसहरु उनको कमाईका बारेमा सुनेर अचम्ममा पर्दछन् । नपरुन् पनि किन ? उनी ट्युसन पढाएरै खर्बपति बनेका छन् । अहिले उनीसँग १ खर्ब रुपैयाँ बराबरकोे सम्पत्ति छ ।

चीनका ३६ वर्षीय लियु याचोले केही वर्षयता राजधानी बेइजिंगमा विद्यार्थीहरुलाई गणित विषयको ट्युसन पढाउँदै आएका छन् । उनले टिएएल एजुकेसन ग्रुप नामक शिक्षण कम्पनीमा पढाउने काम गर्दछन् । उक्त कम्पनीका सिओओ समेत रहेका उनी यो वर्ष डलर अर्बपति बनेका छन् । अर्थात् उनको सम्पत्ति खर्ब रुपैयाँ भन्दा धेरैको भएको छ ।

गत वर्ष कम्पनीको शेयर मूल्य झण्डै दोब्बरले बढेपछि उनी एकाएक अर्बपति बनेका हुन् । कम्पनीमा उनको ४.७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

लियु चीनमा सबैभन्दा धेरै कमाउने शिक्षकहरुमा पहिलो नम्बरमा पर्छन् । अर्थात् उनी चीनका सबैभन्दा धनी शिक्षक हुन् ।

गणित शिक्षकको रुपमा टिएएल कम्पनीमा छिरेका उनी सन् २००५ मा माध्यमिक तह महाशाखाको निर्देशक भए । उनी शिक्षण तथा अनुसन्धान विभागको प्रमुख समेत हुँदै सिओओमा बढुवा भएका हुन् ।

टिएएल कम्पनीको कूल बजार मूल्य २१ अर्ब १० करोड डलर पुगेको छ । जसका कारण कम्पनीका संस्थापक झांग बांग्जिन ६ अर्ब ६० करोड तथा लियु १ अर्ब डलर सम्पत्ति सहित विश्वका अर्वपतिको सूचिमा पर्न सफल भएका छन् ।

जुन यसका प्रतिद्वन्दी कम्पनीको भन्दा ४६ प्रतिशतले बढि हो ।

स्मरण रहोस् चीनमा बच्चाबच्चीको शिक्षामा बाउआमाले औषतमा ४२ हजार ८९२ डलर सम्म खर्च गर्दछन् र त्यसको ९३ प्रतिशत प्राइभेट ट्युसनमा खर्च हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment