Comments Add Comment

ओपो एफ-७ सार्वजनिक, आजबाट देशभर बिक्री सुरु


१२ वैशाख, काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ-सेेभेन नेपाली बजारमा सार्वजनिक भएको छ । काठमाडौंको हायात होटलमा एक कार्यक्रमबा बीच नायिका मलिना जोशी र अदिती बुढाथोकीले यो बहुप्रतिक्षित फोन सार्वजनिक गरे । यसो आजबाट देशभर बिक्री सुरु भएको छ ।

सेल्फीमा क्रन्ति ल्याउन सफ ओप्पोले अर्को उच्च स्तरको फोन नेपाली बजारमा ल्याएको हो । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका भएको कम्पनीले जानकारी दिएको छ ।

नवप्रबर्तनात्मक प्रविधिमा आधारित ओपो एफसेवेनले नेपाली यूवा माझ रहेको कम्पनीको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवीलाई थप सुदृढ बनाउने आशा गरिएको छ । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो ।

ओप्पो एफ-सेवेनको न्युनतम् मूल्य ३६ हजार ५ सय ९० र अधितम मूल्य ४६ हजार ५ सय ९० रुपैयाँ छ । ४ जिबीको र्याम भएको एफ सेवेन साढे ३६ हजार ६ जिबीको र्याम भएकोको मूल्य  साढे ४६ हजार तोकिएको छ ।

यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज -एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ ।

नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ । ओपो एफसेवेनमा उद्योगकै अग्रणी २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल-टाइम एचडीआर प्रविधि उपलब्ध गरिएको छ ।


नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ । उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ । प्रकाश समायोजन गरी तिब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । साथै, यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ ।

फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ । यसले प्रयोगकर्ताको अनुहार , स्थान तथा दृष्यका आधारमा तस्विरलाई वर्गिकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्छ । एआई एल्बममा रहेको अर्को रोचक फिचरले नयाँ मोमेन्ट्स फिचर मार्फत पूराना तस्विरहरुको खोजी कार्यमा तिब्रता ल्याउन सघाव पुर्‍याउँछ ।

फोनमा स्प्िलट स्त्रिmन फिचरका रुपमा उपलब्ध गरिएको एआई बोर्ड फिचरमा प्रयोगकर्तालाई आफ्ना मनपर्ने एप्सहरु राख्न सक्छन् । यो फिचरले स्वचालित रुपमा महत्वपूर्ण मिटिङ् तथा तालिका, भ्रमण, चलचित्र टिकट तथा ई-कमर्स अर्डरको अवस्थालाई ईमेल तथा सन्देश मार्फत क्रमबद्ध गर्न सभाव पुर्‍याउँछ ।

एआई प्रविधिले एफसेवेनको प्रणाली ब्यवस्थापनमा समेत सघाव पुर्‍याउँछ । यसले ६४ बिट ४ जीबी ओक्टा-कोर प्रोशेसर (१ सय २८ जीबी भर्जनका लागि ६ जीबी)लाई बुद्धिमानी पूर्वक छुट्याएर फोनको कार्य प्रणाली सही राख्ने कार्यमा सघाउँछ ।

यसले गर्दा नयाँ फोनले पछिल्लो फोन एफ फइभका तुलनामा ८० प्रतिशत उत्कृष्ट कार्य प्रदर्शनी दिने क्षमता राख्छ । साथै, एआईले उर्जा ब्यवस्थापनमा समेत सघाव पुर्‍याउँदै ब्याट्रीलाई थप समय सम्म टिकाउन सघाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment