Comments Add Comment

घरमा डोजर चल्दा प्रदेश ५ को संसद वैठक प्रभावित

फाइल तस्वीर

१२ वैशाख, बुटवल । सडक क्षेत्र मिचेर बनेका घरमा डोजर चलाउन विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेपछि प्रदेश ५ को प्रदेश सभा बैठक प्रभावित भएको छ ।

बुटवल खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेश सभा वैठक हल छ । बुटवलको चौराहादेखि चिडियाखोलासम्म सडक क्षेत्र मिचेर बनेका ३ सय बढी घरमा डोजर लगाएर भत्काउनका लागि विद्युत प्राधिकरणले बुधबार सो क्षेत्रमा विद्युत आपूर्ति बन्द गरेको हो । सभाहलमा विद्युत आपूर्ति नभएपछि वैठक प्रभावित भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सवा १ बजे सुरु भएपनि सुरु हुना साथ बिद्युत आपूर्ति नभएको भन्दै सभामुख पुर्णबहादुर घर्तीले बिद्युत उपलब्ध नहुँदासम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

बैठक स्थगित भएपछि प्रदेश सभा सदस्यहरु बैठक कक्षमा गफ गरेर बसिरहेका पत्रकार घनश्याम गौतमले बताए ।

बुधबारको वैठकमा गाउँं सभा तथा नगर सभा संचालन सम्बन्धी विधेयक टेबुल हुने र यसअघि प्रस्तुत सार्वजनिक लिखत प्रमाणीकरण विधेयकमाथि सैद्धान्तिक छलफल हुने कार्यसूचि रहेको प्रदेश सभाका सचिव डा. मानबहादुर विकेले जानकारी दिए ।

यस्तै बुधबारको बैठकमा सांसदहरुलाई समसामयिक विषयमा आफ्ना धारणा राख्नका लागि ३ मिनेटका दरले शुन्य समय पनि छुट्टाइएको कार्यसूची थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment