Comments Add Comment

हनुमानढोकाको ‘बफर जोन’ मा भवन निर्माण रोक्न सर्वोच्चको आदेश

१२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रमा विजनेश एसोसिएट्स प्रालिको भवन निर्माण रोक्न अन्तरिम आदेश दिएको छ ।

‘बफर जोन’मा मापदण्ड विपरीत भवन निर्माण भइरहेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले निर्माण कार्य तत्काल रोक्न भनेको हो । साथै १६ गते पेशी तोकेर दुबै पक्षलाई छलफललाई बोलाइएको छ ।

सर्वोच्चले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनि १५ दिनभित्र लिखित जवाफ दिन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment