Comments Add Comment

लुम्बिनीमा ट्रिपर, ट्रक, ट्याक्टर चलाउन रोक

१२ वैशाख, बुटवल । २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसरमा तीन दिनसम्म लुम्बिनी क्षेत्रमा ट्रिपर, ट्रक, ट्याक्टर, लरी लगायतका मालवाहक सवारीसाधन चलाउन प्रशासनले रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै वैशाख १५देखि १७ गतेसम्म भैरहवाको बुद्धचोकदेखि लुम्बिनीसम्म बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म ट्रक, ट्याङकर, ट्याक्टर लगायतका मालवाहक सवारीसाधन नचलाउन आग्रह गरेको हो ।

लुम्बिनीमा यही वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गते बुद्ध जयन्ती मनाइदैछ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित विदेशबाट विशिष्ट पाहुनाहरुको आवागमन हुने हुँदा यातायात सेवा प्रभावित नहोस् भनी मालवाहक सवारी साधन नचलाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले जनाएका छन् ।

बौद्ध सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले र बुद्ध जयन्ती मूल समारोहको उद्घाटन राष्ट्रपति बिद्यादेबि भण्डारीबाट हुने कार्यक्रम छ ।

यसवर्षको बौद्ध सम्मेलनको नारा ‘लुम्विनी,नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ रहेको छ ।

सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २३ देशका बिभिन्न तहका ब्यक्तिहरु सहभागिता हुंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment