Comments Add Comment

राष्ट्रपतिले गरिन् हनुमान ढोका दरबार क्षेत्रको अवलोकन

१२ वैशाख, काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदैआएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणको अवलोकन गरेकी छन् ।

गोरखाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काष्ठमण्डप, हनुमान ढोका दरबारसहित त्यस क्षेत्रका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगेको थियो । राष्ट्रपति भण्डारीले बसन्तपुर गद्दी बैठक, काष्ठमण्डप, हनुमान ढोका दरबार परिसरका सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको चासोपूर्वक जानकारी लिइन् ।

भण्डारीले नेपाली संस्कृति र परम्पराअनुसारका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा आफ्नो मौलिकतालाई कायमै राखेर अघि बढ्न निर्देशन दिएकी छन् ।

पुनःनिर्माणको काम ढिलै भए पनि अघि बढेकाले अब यसलाई निरन्तरता दिन राष्ट्रपतिबाट निर्देशन भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

भूकम्पबाट क्षति भएकामध्ये नौ तल्ले दरबार चीन र गद्दी बैठक अमेरिकाको सहयोगमा निर्माण हुँदैछ भने स्वदेशी लगानीमा काष्ठमण्डप बनाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment