Comments Add Comment

ब्रेकअपको पाँच वर्षपछि रणवीर-दीपिकाको आँखा जुध्यो

बलिउड जोडी रणवीर कपुर र दीपिका पादुकोणबीच ब्रेक अप भएको पाँच वर्ष पुगिसकेको छ । यो पाँच वर्षमा उनीहरुबीच पानी बाराबारको जस्तै स्थिति थियो ।

यतिबेला दीपिका अर्का रणवीर (सिंह) सँग रिलेसनसीपमा छिन् । उनीहरुको चाँडै बिहे हुने कुरा पनि चलिरहेको छ । यता रणवीरले भने दीपिकापछि कटि्रना कैफसँग गहिरो प्रेम गरे । तर त्यो प्रेम पनि टुटेर उनी यतिबेला सिंगल नै छन् ।

यसैबीच हालै दीपिका र रणवीर एउटा कार्यक्रममा सँगै देखिएका छन् । उनीहरुले एउटा र्‍याम्प शोमा एकसाथ प्रस्तुति दिएका थिए । त्यस कार्यक्रमको एउटा भिडियो बाहिर आएको छ, जसमा दीपिका र रणवीरको आँखा जुधेको देखिन्छ । छुट्टएिको पाँच वर्षपछि यसरी आँखा जुध्दा उनीहरुको मनमा के गुज्रियो, उनीहरुलाई थाहा होला, भारतीय मिडियाहरुलाई भने गसिपको एउटा मसला प्राप्त भएको छ ।

तमाशा फिल्ममा सँगै काम गरेदेखि  दीपिका र रणवीरले स्क्रिन सेयर गरेका छैनन् । तर, हालै एक अन्तरवार्तामा रणवीरले दीपिकासँग फिल्म खेल्न तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment