Comments Add Comment

बरुणको १३ वर्षमा पहिलो किस, सेक्स कति वर्षमा ?

बलिउडमा नन स्टप हिट फिल्म दिइरहेका अभिनेता वरुण धवन सामान्यतया आफ्ना निजी कुराहरु मिडियामा सेयर गर्न रुचाउँदैनन् । तर, हालै एक अन्तरवार्तामा उनले आफ्नो निजी जीवनका केही रहस्यहरु खोलेका छन् ।

अन्तरवार्तामा वरुणले पहिलोपटक १३ वर्षको उमेरमा कुनै केटीसँग टंग किस गरेको खुलासा गरे । आफू विद्यालयमा पढ्दा ती केटीसँग प्रेममा परेको र उनकै घरमा पढ्ने बहानामा कोठा बन्द गरेर किस गरेको बरुणले बताए । तर उनले केटीको नाम खुलाउन चाहेनन् ।

बरुण कलेज पढ्दा पनि एक युवतीसँग गहिरो प्रेममा परेका थिए । तर, ६ महिनाको प्रेमपछि युवतीले आफूलाई धोका दिएको बरुणले बताए । उनले ती युवतीको पनि नाम खोलेनन् । पहिलो सेक्स चाहिँ कहिले गर्नुभएको थियो भन्ने प्रश्नमा वरुण मौन रहे ।

फिल्मी करिअरको कुरा गर्ने हो भने वरुण अहिलेसम्म फ्लप फिल्मको मुख नदेखेका अभिनेता हुन् । उनले लगातार ८ वटा हिट फिल्म दिइसकेका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म अक्टुबर अहिले हलहरुमा सुखद व्यापार गरिरहेको छ ।

हरेक फिल्मको सफलतासँगै उनको रेट पनि आकाशिएको छ । वरुणले हालै एउटा फिल्म ३२ करोड भारुमा साइन गरे । जबकि उनको अपोजिटमा रहेकी नायिका कटि्रना कैफलाई केवल ७ करोड दिइएको थियो । बरुण अझै पनि आफ्नो स्टारडमको तुलनामा आफूले पाएको रकम थोरै भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment