Comments Add Comment

प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीको करेण्ट लागेर मृत्यु


१३ वैशाख, डोटी । जिल्लाको सेती प्राविधिक शिक्षालयमा करेण्ट लागेर बुधबार एक विद्यार्थीको ज्यान गएको छ ।

शिक्षालयको प्रांगणमा खेलिरहेका बेला डोटी शिखर नगरपालिका–११, किमाडाका १९ वर्षीय पवन किमाडीको करेण्ट लागेर मृत्यु भएको हो ।

साँझ करिब ०५ः३० बजे करेण्ट लागेका किमाडीलाई स्थानीय शैलेश्वरी अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।

किमाडी सेती प्राविधिक शिक्षालयमा सव–इन्जिनियरिङ प्रथम वर्षमा अध्ययनरत् थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment