Comments Add Comment

तुलसीपुरमा साँझ ७ बजेपछि क्रसर चलाउन नपाइने

१३ वैशाख, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ वजेदेखि विहान ६ बजेसम्मका लागि क्रसर उद्योग सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको २८ औ कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको बैठकले रातीको समयमा क्रसर उद्योग सञ्चालन हुँदा नजिकको वस्तीमा असर गर्ने भएकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको प्रवक्ता डाँगीले वताए ।

यसैगरी कार्यपालिकाको बैठकले प्राकृतिक स्रोत, साधन, ढुँगा, गिट्टी, वालुवा जस्ता नदीजन्य खनिज पदार्थ विहान ६ वजेदेखि साँझ ७ वजेसम्म मात्र उत्खनन गर्न पाइने निर्णय गरेको छ ।

यसका साथै कतिपय ठाउँमा नदीजन्य पदार्थको उत्खनन् कार्य अवैध रुपमा भइरहेको भन्ने गुनासो आएकाले त्यसको अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि आइतबारदेखि नै अनुगमनको काम अगाडि बढाइने निर्णय समेत भएको प्रवक्ता डाँगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment