Comments Add Comment

अनमोल र प्रदिपविच अंकमाल, सकिएला अब स्टारडमको लडाई ?


बलिउडमा नायकद्धय साहरुख खान र सलमान खानको टकराव जस्तै नेपाली चलचित्रमा दुई चर्चित नायकको टकरावले सधै चर्चा पाउँछ । नायक अनमोल केसी र नायक प्रदिप खड्काविचको स्टारडमको लडाइले चलचित्र क्षेत्रमा केही समय यता प्रमुख स्थान पाउँदै आएको छ ।

फ्यानहरुविचमा पनि अनमोल र प्रदिपलाई लिएर तिक्तता देखिन्छ । तर, बिहिबार काठमाण्डौमा आयोजना भएको एक अवार्ड समारोहमा भने फरक दृश्य देखिएको काठमाण्डौमा आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा पुगेका नायक अनमोल केसी र नायक प्रदिप खड्काले एक अर्कासँग अंकमाल मात्र गरेनन्, केही समय कुराकानी पनि गरे । कार्यक्रम आयोजना भएको स्थानमा अनमोललाई देखेपछि प्रदिप उठेर गएर अंकमाल गरे । उनीहरुबिच केही समय कुराकानी भयो । यसपछि, प्रदिपले नायक भूवन केसीसँग पनि कुरा गरे ।

अनमोल र प्रदिपले यसरी गरे भेटघाट, भिडियो यहाँ हेर्नुहोस्ः

यसपछि, फेरि मिडियाको आग्रहमा अनमोल र प्रदिपले एक अर्कासँग मुस्कुराउँदै तस्बिर खिचाए । तस्बिर खिचाउँदै गर्दा उनीहरुबिच केही समय कानेखुशी पनि चलेको थियो । बक्स अफिसदेखि पारिश्रमिकको बिषयमा अनमोल र प्रदिपविच लडाई चल्दै आएको थियो । सायद, अब को नम्बर १ स्टार भन्ने लडाइलाई यो भेटले तोड्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment