Comments Add Comment

एनएफडीसी अवार्डमा कलाकारको भीड, तर पानीले बनायो बिजोग(फोटो फिचरसहित)


नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको उपस्थिती रहेको ‘छैठौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’लाई पानीले बिजोग बनाएको छ । हायात होटलको बाहिरी परिसरमा अवार्ड आयोजना गरिएकाले पनि पानीको प्रभाव परेको हो । हायातको ग्राउन्डमा स्टेज बनाएर अवार्ड आयोजना गरिएपनि पानीका कारण ठूलै असर परेको छ ।

अवार्ड सुरु हुने अगाडिदेखि नै परेको पानी रोकिएन । चर्चित कलाकारहरुले अवार्डमा आफ्नो प्रस्तुतीको तयारी पनि गरेका थिए । तर, पानी नरोकिएपछि छेउमै रहेको सानो स्थानमा अवार्ड वितरण गर्नुपरेको थियो । अवार्ड मात्र वितरण गर्दा कुनै पनि कलाकारले आफ्नो प्रस्तुती भने दिन पाएनन् । जसलेगर्दा, अवार्ड निकै खल्लो भयो । यस भन्दा अगाडि यो अवार्ड हायातकै हलमा आयोजना हुँदै आएको थियो ।

अवार्डमा कलाकारको उपस्थिती भने राम्रै थियो । नायक भूवन केसी,  अनमोल केसी, प्रदिप खड्का, पल शाह, पुष्पल खड्कादेखि नायिका निरुता सिंह, वेनिशा हमाल, आँचल शर्मा लगायत अवार्डमा पुगे । यस्तै, नायक रमेश उप्रेती, आमेष भण्डारी, सारुक ताम्राकार लगायत अवार्डमा पुगे । चलचित्रकर्मीको उपस्थितीले अवार्डलाई आकर्षक त बनाएको थियो, तर पानीले अवार्ड निकै खल्लो बनाइदियो ।


तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment