Comments Add Comment

‘एनएफडीसी अवार्ड’मा अनमोल उत्कृष्ट नायक, नायिकाको अवार्ड वेनिशालाई(पूर्ण सूचिसहित)


बिहिबार बेलुकी काठमाण्डौको हायात होटल परिसरमा आयोजना भएको ‘छैठौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा अनमोल केसीले उत्कृष्ट नायकको अवार्ड जितेका छन् । चलचित्र ‘कृ’बाट अनमोलले उत्कृष्ट नायकको अवार्ड जितेका हुन् । नायक अनमोल केसी पिता भूवन केसीको साथमा अवार्ड समारोहमा पुगेका थिए ।

यस्तै, उत्कृष्ट नायिकाको अवार्ड वेनिशा हमालले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट उचालिन् । यो चलचित्रमा बेनिशाले दृष्टिबिहिन श्रृष्टी केसीको भूमिकामा काम गरेकी छिन् । यस्तै, उत्कृष्ट चलचित्रको अवार्ड ‘सत्रु गते’ले प्राप्त ग¥यो । चलचित्र ‘लिलिबिली’बाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । पानीका कारण प्रभावित भएको अवार्ड समारोहमा कुनै मनोरञ्जनात्मक कार्यक्रम भने हुन सकेन ।

यस्तै, उत्कृष्ट कथाको अवार्ड चलचित्र ‘सत्रु गते’बाट प्रदिप भट्टराई र दीपकराज गिरीले प्राप्त गर्दा उत्कृष्ट पटकथाको अवार्ड ‘छक्का पन्जा २’बाट दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीले जिते । उत्कृष्ट नव–नायकको अवार्ड चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट नायक आशिरमान देशराज जोशीले जिते भने उत्कृष्ट नव–नायिकाको अवार्ड चलचित्र ‘लिलिबिली’बाट जसिता गुरुङले उचालिन् ।

उत्कृष्ट सह–अभिनेताको अवार्ड चलचित्र ‘ऐश्वर्य’बाट प्रशान्त ताम्राकारले उचाल्दै गर्दा यही चलचित्रबाट नायिका केकी अधिकारीले सह–अभिनेत्रीको अवार्ड उचालिन् । यो अवार्डमा विशेष प्रस्तुतीका लागि मुम्बइदेखि आएकी नायिका निरुता सिंहको प्रस्तुति भने चलचित्रकर्मी र दर्शकले हेर्न पाएनन् ।

अवार्डका सम्पूर्ण विधामा कसले अवार्ड जिते, विजेताको नाम यसप्रकार छः

उत्कृष्ट फिल्मः शत्रु गते
उत्कृष्ट निर्देशकः मिलन चाम्स, लिलिबिली
उत्कृष्ट अभिनेताः अनमोल केसी, कृ
उत्कृष्ट अभिनेत्री: वेनिशा हमाल, ब्लाइण्ड सक्र
उत्कृष्ट सह-अभिनेत्री: शत्रु गते
उत्कृष्ट पटकथाः छक्का पञ्जा २
उत्कृष्ट छायाँकनः सुदिल बराल, लिलिबिली
उत्कृष्ट सम्पादनः मित्र डि गुरुङ, शत्रु गते
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट नव अभिनेताः आशिरमान देशराज जोशी, ग्याङ्गस्टर ब्लूज
उत्कृष्ट नव अभिनेत्रीः जसिता गुरुङ, लिलिबिली
उत्कृष्ट सह अभिनेताः प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट अभिनेत्रीः केकी अधिकारी, ऐश्वर्य
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, २ रुपैया
उत्कृष्ट गायिकाः अञ्जु पन्त, ऐश्वर्य
उत्कृष्ट गायकः सुगम पोखरेल, तिमी रोएको पल(ऐश्वर्य)
उत्कृष्ट गीत लेखनः डा. कृष्णहरी बराल, म यस्तो गीत गाउँछु
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, २ रुपैया
उत्कृष्ट सर्वोत्कृष्ट व्यवसायिक फिल्मः छक्का पञ्जा २
उत्कृष्ट द्वन्द्च निर्देशकः चन्द्र पन्त, कृ
उत्कृष्ट मिक्सिङः अमित श्रेष्ठ, शत्रु गते
उत्कृष्ट पार्श्व संगीतः एलिश कार्की, लिलिबिली

मह जुरी अवार्डः रमेश बुढाथोकी, भुइंमान्छे

तस्बिरः आर्यन बिमली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment