Comments Add Comment

कुटनीति र विकासमा सरकारलाई सुझाव दिन ‘थिंक ट्यांक’ गठन

१४ वैशाख, काठमाडौं । कूटनीति र विकासका क्षेत्रमा काम गर्न कूटनीति, प्रशासन र सामाजिक क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरुको ‘थिंक ट्यांक’ गठन भएको छ ।

काठमाडौंमा हालै सम्पन्न भेलाले सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट (सीडीडी) नामक संस्था गठन गरेको हो ।

गैरनाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी वौद्धिक समूह (थिंक ट्यांक) का रुपमा सुझाव दिने बताइएको छ ।

फ्रान्सका लागि पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठित उक्त संस्थामा पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्य, पूर्वशिक्षा सचिव शंकरप्रसाद पाण्डे, राजनीतिशास्त्रका प्राध्यापक डा. गंगाबहादुर थापाका साथै अनिता जधारी, अरुण रञ्जित, हेमन्त कोलाक्षपति, खेमराज लकाई, नवराज पाण्डे, डा. प्रमोद जैसवाल, श्रीराम लामिछाने, सुरेन्द्र शाक्य, शान्तिलक्ष्मी शाक्य र मित्रबन्ध पौडेल छन् ।

उक्त संस्थाले कुटनीति र विकासमा केन्द्रित भएर ‘द डिम्प्लोम्याट’ नामक द्वैमासिक पत्रिका प्रकाशन आरम्भ गरेको छ । पहिलो अंकको विमोचन हालै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए ।

अध्यक्ष मोहनकृष्ण श्रेष्ठका अनुसार, यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरुबीच अन्तर्क्रिया बढाउने, आफ्ना अनुभवहरुमा आधारित भएर सरकारलाई सुझाव दिने र यही क्षेत्रमा अध्ययन-अनुसन्धानलाई केन्द्रमा राखेर काम गर्ने उद्देश्यले संस्था स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment