Comments Add Comment

गभर्नर भन्छन्ः मुलुक आर्थिक समृद्धिको बाटोमा मोडियो

असारसम्म सबै स्थानीय तहमा बैंकका शाखा


१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले देश अहिले आर्थिक समृद्धिको बाटोमा मोडिएको बताएका छन् । संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भएपछि देश आर्थिक समृद्धिको बाटोमा मोडिएको उनको जिकीर छ ।

सुशासनको सुनिश्चितता, आन्तरिक तथा बाहृय लगानीमा हुने बढोत्तरी र सरकारको पूँजीगत खर्च वृद्धिसँगै दीगो विकासको आधार तयार हुने अवसर मुलुकले प्राप्त गरेको नेपाल बताउँछन् ।

‘स्थानीय तह, प्रदेश सभा र संघीय संसदका निर्वाचनहरु सम्पन्न भएपश्चात् मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ,’ गभर्नर नेपालले भने ‘यस सँगसँगै ऊर्जा आपूर्तिमा भएको सुधार, पुनर्निर्माणले लिएको गति तथा सरकारको विकास र समृद्धिप्रतिको प्रतिबद्धताले लगानीमैत्री वातावरण निर्माण भएको छ ।’

शुक्रबार राष्ट्र बैंकको ५३ औ वाषिर्कोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालले संघीयता कार्यान्वयनको सिलसिलामा गठन भएका कुल ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ९४ मा वाणिज्य बैंकहरुको उपस्थिति रहेको जानकारी दिएका छन् । साथै बाँकी तहमा यसै आर्थिक वर्षभित्र शाखा स्थापना गर्ने लक्ष्य रहेको उनले बताए ।

नेपालका अनुसार आर्थिक वर्ष २०७४/७५ को नौ महिनासम्ममा राष्ट्र बैंकले पटक-पटक गरी १ सय ३० अर्ब २५ करोड तरलता प्रशोचन गरेको छ ।

०७४ चैतमा ९१-दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.९८ प्रतिशत रहेको छ भने वाणिज्य बैंकहरूबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर ४.१२ प्रतिशत पुगेको छ ।

२०७४ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ६.४५ प्रतिशत रहेको थियो ।

वाणिज्य बैंकहरुले तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा आˆनो लगानीमा रहेको कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७४ फागुन मसान्तसम्ममा सो अनुपातको २३.२ प्रतिशत मात्रै कर्जा प्रवाह गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment