Comments Add Comment

प्रदिप र परमिताको जोडी पर्दामा


नायक प्रदिप खड्काले नायिका पूजा शर्मा, अश्लेषा ठकुरी र जसिता गुरुङसँग पर्दामा रोमान्स गरिसकेका छन् । चलकेटी नायक प्रदिपले लभ स्टोरी चलचित्रमा नै आफूलाई भिजाइरहेका छन् ।

उनै, प्रदिप अब नयाँ चलचित्र ‘रोजी’मा काम गर्ने तयारीमा छन् । गोपिकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टका लागि उद्धव पौडेलको प्रस्तुतीमा यो चलचित्र बन्दैछ ।

यो चलचित्रमा नायक प्रदिप खड्काको जोडीको रुपमा नायिका मिरुना मगरको नाम सार्वजनिक भैरहेको थियो । तर, मिरुनाको नाममा नायक खड्काले नै असहमती जनाइरहेका थिए ।

अब, भने चलचित्रमा अर्की नायिका राखिएको छ । यो चलचित्रमा अब नायिका परमिता आर एल राणाले काम गर्ने पक्का भएको छ । केही दिन अगाडि आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा यो चलचित्रको पोष्टर सार्वजनिक गरिएको थियो ।

निरक पौडेलले निर्देशन गर्न लागेको यो चलचित्रमा कर्मा, बरुणा राणा, रविन्द्र खड्का लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ ।
प्रदिप र परमिताको जोडी अब पर्दामा कस्तो देखिने हो, यसका लागि प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment