Comments Add Comment

‘भैरे’को फस्टलुकमा दयादेखि बर्षा


यस अगाडि २ वटा गीत रिलिज गरिएको चलचित्र ‘भैरे’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, सुरक्षा पन्त, बुद्दि तामाङ, बर्षा सिवाकोटी, विक्रान्त बस्नेत, अनुभव रेग्मी आदिलाई देख्न सकिन्छ ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको लगानी छ । पुरुषोत्तम प्रधानले यो चलचित्र खिचेका हुन् ।

नेपालय सिनेमा इन्टरनेशनलद्धारा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता लेखबहादुर पुन हुन् । सूर्य थोकरको एक्सन रहेको चलचित्रमा विक्रान्त बस्नेत, सुनिल थापा, कञ्चन ठकुरी, अंकित पौडेल, अर्जुन गुरुङ लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment