Comments Add Comment

जनवर्गिय संगठनलाई जनतामाझ जान कमल थापाको निर्देशन

१६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनवर्गिय संगठनहरुलाई जनतामाझ जान निर्देशन दिएका छन् ।

जनताको मन जित्न जनतामाझ पुगेर मात्रै सकिने भन्दै अध्यक्ष थापाले जनतामाझ पुगेर राप्रपाप्रति छरिएका भ्रमहरुलाई चिर्न निर्देशन दिएका हुन् ।

राष्ट्रियता, जनता र मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर साँगठनिक गतिविधिलाई तीव्रता दिनसमेत जनवर्गिय संगठनका प्रमुखहरुलाई थापाले निर्देशन दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भातृ संगठनहरु पार्टी जस्तै समानान्तर ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।

बलियो एजेण्डा र राष्ट्रवादी प्रजातान्त्रिक धारलाई बोकेर अगाडि बढिरहेको पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी र हस्तक्षेपकारी भूमिकामा ल्याउनको लागि बलियो संगठनको विकल्प नभएको अध्यक्ष थापाको भनाइ थियो ।

कार्यक्रममा १७ वटा जनवर्गिय संगठनका प्रमुखहरुले संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री भास्कर भद्रा र सहायक महामन्त्री राजाराम बर्तौलाको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment