Comments Add Comment

राष्ट्रपतिद्वारा फुयाल र योगीलाई संसदको सचिव नियुक्त

संसद बैठक वैशाख २३ गते आहृवान


१६ वैशाख, काठमाडौं । संघीय संसदको सचिवमा राजेन्द्र फुयाल र गोपालनाथ योगी नियुक्त भएका छन् ।

सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको अलग अलग सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फुयाल राष्ट्रियसभा र योगी प्रतिनिधिसभाको सचिव पदमा ५ वर्षका वर्षका लागि नियुक्त भएका हुन् । राष्ट्रियसभाको सचिव नियुक्त भएका फुयाल संसदीय मामिला पत्रकार समाजका निवर्तमान अध्यक्ष हुन् ।

यसअघि पत्रकारितामा संलग्न फुयाल अधिवक्तासमेत हुन् । उनी २०६६ सालमा बार काउन्सिलले लिएको अधिवक्ताको परीक्षामा चौथो उत्कृष्ट स्थानमा थिए । त्यस्तै प्रतिनिधिसभाको सचिव नियुक्त भएका योगी गैरसरकारी संस्था महासंघका नेतृत्वमा रहिसकेका व्यक्ति हुन् ।

संसद अधिवेशन वैशाख २३ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गते संसदको वर्षे अधिवेशन आहृवान गरेकी छन् । संसद अधिवेशन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आहृवान गर्ने प्रचलन छ ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २३ गते आइतबार दिउँसो ४ बजे संसद अधिवेशन आहृवान गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment