Comments Add Comment

यूट्यूबबाट कसरी डाउनलोड गर्ने भिडियो ? यस्ता छन् विकल्प

यदि तपाईं इन्टरनेट नभएको ठाउँमा यात्रा गरिरहनु भएको छ भने यूट्यूबको तलतलले सताउन सक्छ । यो मात्र होइन, अरु पनि थुप्रै कारण हुन सक्छन्, यूट्यूब भिडियो डाउनलोड गर्नुको ।

एकपटक यूट्यूब भिडियो डाउनलोड गरिसकेपछि त्यसलाई चाहेको समयमा अघाउञ्जेल हेर्न सकिन्छ, इन्टरनेट कनेक्सनको चिन्ता नलिइकन । यहाँ हामी तपाईंलाई यूट्यूब भिडियो डाउनलोड गर्ने तयरका सिकाउँदैछौं ।

यूट्यूब एपबाट भिडियो डाउनलोड

यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिन्छ । त्यसका लागि तल भनेबमोजिम गर्नुस् ।

१. आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस्

२ एपमा कुनै पनि भिडियो खोल्नुस्

३. टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति दिएको छ भने मात्रै यो बटन देखिन्छ ।

४. डाउनलोडमा थिच्नुस् र त्यसपछि तुरुन्तै भिडियो डाउनलोड हुन थाल्छ । यसलाई तपाईं मन लागेको समयमा हेर्न सक्नुहुन्छ ।

यूट्यूबबाट भिडियो डाउनलोड गर्ने सरल तरिका यही हो । तर, सबै भिडियोहरु डाउनलोड गर्नलाई उपलब्ध हुँदैनन् र यो विधिले मोबाइलमा मात्र काम गर्छ । यदि तपाईं आफ्नो कम्प्युटरमा भिडियो संग्रह गर्न चाहनुहुन्छ भने त्यसको अर्कै तरिका छ ।

विन्डोज, म्याक वा लिनक्समा कसरी यूट्यूब भिडियो डाउनलोड गर्ने ?

विन्डोज, म्याकओएस र लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्नका लागि एउटा फ्री एप छ जसलाई फोर के (4k) भिडियो डाउनलोडर भनिन्छ । यसले कुनै पनि भिडियो डाउनलोड गर्न सकिन्छ । तलका आदेशहरु अनुशरण गर्नुस् :

१. 4k भिडियो डाउनलोडर डाउनलोड गर्नुस्

२. आफूले डाउनलोड गर्न चाहेको भिडियोमा जानुस् । आफ्नो ब्राउजरको एड्रेसबारबाट त्यसको यूआरएल कपी गर्नुस्

३. 4k भिडियो डाउनलोडर खोल्नुस र हरियो पेस्ट लिंक बटनमा क्लिक गर्नुस् ।

४. अब एपले भिडियोलाई टुक्र््याउनेछ र तपाईंलाई केही प्रतिवद्धताहरु गर्न लगाउनेछ ।

५. ब्राउजमा क्लिक गर्नुस् र भिडियो कहाँ सेभ गर्ने हो छनोट गर्नुस् । त्यसपछि डाउनलोडमा क्लिक गर्नुस् ।

६. अब एपले भिडियो डाउनलोड गर्नेछ । भिडियोलाई फुृल रिजोलुसनमा डाउनलोड गर्ने यो सर्वोत्तम तरिका हो । अन्य विकल्पहरुमा जाँदा तपाईंल ७२० पिभन्द्या ठूलो रिजोलुसनमा डाउनलोड गर्न सक्नुुहुन्न ।

वेबसाइट प्रयोग गरेर भिडियो डाउनलोड

यदि तपाईंले एपबाट यूट्युब भिडियो डाउनलोड गर्न सक्नुभएन भने वेब ब्राउजरबाट पनि गर्न सक्नुहून्छ । यी कदमहरु चाल्नुस् ः

१. भीडीयूट्यूब खोल्नुस

२. भिडियोको यूआरएललाई कपी र माथिको ठूलो र्फममा पेस्ट गर्नुस् ।

३. ‘गो’ मा क्लिक गर्नुस्

४ डाउनलोड बटनमा क्लिक गर्नुस

५. आफूले चाहेको फर्म्याट छनोट गर्नुस् । त्यसपछि भिडियो डाउनलोड हुन थाल्नेछ ।

६. आफूले चाहेको फर्म्याट छनोट गर्नुस् र त्यसपछि भिडियो डाउनलोड हुन थाल्नेछ ।

यो विधिले तपाईं ७२० पी भिडियोहरु बिना झन्झट डाउनलोड गर्न सक्नुहुनेछ । योभन्दा माथिको रिजोलुसन छनोट गर्नुभयो भने अडियो बिना भिडियो मात्रै डाउनलोड हुनेछ । यो विधिले आइओएस र एन्ड्रोइडमा काम गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment