Comments Add Comment

२६ वर्ष लागेकी पुजा भन्छिन्ः अफेयरमा छैन

मध्यरातमै सुदर्शनको शुभकामना सन्देश

नायिका पुजा शर्मा आजबाट २६ वर्षमा लागेकी छिन् । नेपाली चलचित्रमा एक दशक गुजारिसके पनि उनले आधा दर्जन चलचित्रमा मात्रै अभिनय गरेकी छिन् ।

धेरैलाई थाहा नहुन सक्छ, फिल्म इन्डष्ट्रीमा पुजाको इन्ट्री एउटी पत्रकारको रुपमा भएको थियो । उनी हिमालय टेलिभिजनमा फिल्मसम्वन्धि रिपोर्टिङ गर्ने गर्थिन् । यही क्रममा उनले पहिलोपटक थ्री लभर्समा अभिनय गरिन् । त्यसपछि उनले मधुमास, मेरो पि्रय साथी, अझै पनि, चंखे शंखे पंखे प्रेम गीत र म यस्तो गीत गाउँछु मा अभिनय गरेकी छिन् ।

पुजालाई विशेषगरी ‘प्रेम गीत’ ले चर्चामा ल्यायो । प्रदिप खड्काको जोडीमा उनी निकै रुचाइएकी थिइन् । यसैगरी म यस्तो गीत गाउँछुमा उनको पल शाहसँग पनि केमेस्ट्री जमेको थियो । रामकहानीमा उनले आकाश श्रेष्ठसँग रोमान्स गरेकी छिन् ।

सुदर्शन ‘साथी मात्र’
अनलाइनखबरसँगको कुराकानीमा पुजाले आफू अहिले अफेयरमा नरहेको बताइन् । यद्यपि, इन्डष्ट्रीमा आएदेखि नै उनको नाम निर्देशक सुदर्शन थापासँग जोडिने गरेको छ । शुष्मा कार्कीसँग अलग्गिएपछि सुदर्शनले पुजासँट डेट गरिरहेको बताइन्छ ।

फेरि पुजाले अहिलेसम्म सुदर्शनका फिल्ममा मात्रै काम गरिरहेकी छिन् । ‘अझै पनि’ फिल्ममा उनले सुदर्शनकी नायिका बनेर अभिनय गरेकी थिइन् ।

अरु निर्देशकको फिल्ममा काम नगर्ने आफ्नो नीति नभए पनि चित्तबुझ्दो अफर नआएको पुजा बताउँछिन् । ‘राम्रो प्रस्ताव आयो भने अरुका फिल्म पनि गर्छु,’ उनले भनिन् ।

सुदर्शनसँग आफ्नो मित्रताबाहेक कुनै सम्वन्ध नरहेको पुजा बताउँछिन् । ‘सुदर्शन मेरो मिल्ने साथी मात्रै हो, हामी धेरै फिल्ममा सँगै काम गरेकाले नजिक भएका हौं,’ पुजाले भनिन् ।

आज मध्यरातमै सुदर्शनले पुजालाई जन्मदिनको शुभकामना दिए । उनले फेसबुकमा पुजालाई गज्जबको सन्देश लेखेका छन् ।

पुजा यतिबेला आफ्नै प्रोडक्सनको फिल्म ‘रामकहानी’ लाई लिएर उत्साहित छिन् । उनको जन्मदिन पारेर फिल्मको पहिलो गीत आज रिलिज गरिँदैछ ।

‘लगानी र परिश्रमका हिसाबले यो मेरो महत्वाकांक्षी प्रोजेक्ट हो,’ पुजाले भनिन्, ‘म यस्तो गीत गाउँछुको रेकर्ड यसले ब्रेक गर्नेछ ।’ जन्मदिनमा भगवानको आशिर्वाद लिन उनी ११ बजे पशुपतिनाथ मन्दिर पुगिन् । उनलाई थुप्रै सेलिब्रिटीहरुले फेसकुबमा शुभकामना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment