Comments Add Comment

कुनै पनि फोनमा नम्बर ब्लक कसरी गर्ने ? जान्नुस् यी तरिका

तपाईंले आफ्नो फोनमा कुनै नम्बर ब्लक गर्नुपर्ने कारण अनेक हुन सक्छन् । खासगरी, जब तपाईंको फोनमा अनावश्यक र नचिनेको नम्बरबाट तारन्तर फोन आउँछन् त्यतिबेला नम्बर ब्लक गर्नुपर्ने अवस्था आउँछ । त्यसका केही विधिहरू छन् ।

यदि तपाईं कसैलाई अनावश्यक कल र सन्देश आउनबाट रोक्न चाहनुहुन्छ भने उल्लेखित तीन विधि अपनाउनुपर्ने हुन्छ ।

तपाईंलाई सताइरहेको नम्बर ब्लक गर्नुछ भने ‘फोन एप’ मा ‘रिसेन्ट’ लाई छनोट गर्नुहोस् । त्यहाँ नम्बर पत्ता लगाउनुहोस् र अंग्रेजी अक्षर ‘आई’ क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले आफ्नो स्क्रिन कल र लिनुपर्ने कदमका बारेमा जानकारी पाउनुहुनेछ । आफ्नो मोवाइल ‘स्क्रोल’ गरेर ‘ब्लक दिस कलर’ मा थिची कल रोक्न सक्नुहुन्छ ।

यदि आफ्नो ‘कन्ट्याक्ट लिस्ट’ बाटै कसैलाई ‘ब्लक’ गर्दै हुनुहुन्छ भने ‘सेटिङ’ मा जानुहोस् । त्यहाँबाट ‘फोन’ हुँदै ‘ब्लकिङ एण्ड आइडेन्टिफिकेसन’ बाट ‘ब्लक कन्ट्याक्ट’ मा पुग्दा तपाईंको मोवाइलको ‘कन्ट्याक्ट लिस्ट’ देखाउँछ, त्यहीँबाट छानेर नम्बर नम्बर ‘ब्लक’ गर्न सक्नुहुन्छ । सेटिङ -मेसेज -ब्लक्ड -एड न्यूमार्फत पनि तपाईं त्यहाँ पुग्न सक्नुहुन्छ ।

यदि मेसेज आएको नम्बर तपाईंको ‘कन्ट्याक्ट लिस्ट’ मा छैन भने पहिला तपाईंले त्यसलाई ‘कन्ट्याक्ट लिस्ट’ मा ‘एड’ गर्नुपर्छ । त्यसपछि उक्त नम्बर ‘ब्लक’ गर्न माथिकै विधि अवलम्बन गर्नुपर्छ । यदि तपाईंसँग ‘आईओएस’ को पुरानो भर्सन छ भने दायाँपट्टकिो माथिल्लो भागमा रहेको गोलाकारभित्रको ‘आई’ अक्षर थिचेर त्यहाँ देखाउने ‘ब्लक दिस कलर’ हुँदै ‘ब्लक कन्ट्याक्ट’ बाट नम्बर ‘ब्लक’ गर्न सक्नुहुन्छ ।

यदि तपाईंलाई ‘फेस टाइम’मार्फत कसैले चिहाइरहेको भान परेको छ भने त्यही ‘एप’ मा गएर त्यहाँ तपाइँले त्यससँग गरेको अन्तिम ‘फेस टाइम’ कुराकानीमा गएर यससँगैको अक्षर ‘आई’ मा ‘क्लिक’ गर्न सक्नुहुन्छ । त्यहाँ तपाईंले कल र लिने कदमको जानकारी पाउनुहुन्छ । ‘कन्ट्याक्ट लिस्ट’ मा रहेकोलाई ‘ब्लक’ गर्न सेटिङ – फेस टाइम -ब्लक्ड -एड न्यू मा जान सक्नुहुन्छ ।

एन्ड्रोइड फोनमा नम्बर ‘ब्लक’ गर्न डायलरमा गएर ‘रिसेन्ट कल’ मा जान सक्नुहुन्छ, त्यहाँ ‘ब्लक’ गर्न खोजेको नम्बर पत्ता लगाएर ब्लक/रिर्पोट स्पार्ममा गएर ‘ब्लक’ गर्न सक्नुहुन्छ ।

यदि तपाईं मेसेजका लागि मेसेन्जर प्रयोग गर्नुहुन्छ भने तपाईंको ‘मेसेज लिस्ट’ मा ब्लक/रिर्पोट स्पार्म छनोट गरेर नम्बर ‘ब्लक’ गर्न सक्नुहुन्छ । ‘कन्ट्याक्ट’ को हकमा मेसेन्जरमा गएर सेलेक्ट मेनु-ब्लक्ड कन्ट्याक्ट-एड नम्बरमा गएर ब्लक गर्न सक्नुहुन्छ ।

विण्डो सेटमा कल र ‘मेसेज ब्लक’ गर्न सेटिङमा गएर कल प्लस एसएमएस फिल्टर हुँदै ‘टम्र्स अफ युज एण्ड प्राइभेसी पोलिसी’ पार गर्दै ‘ब्लक कल’को स्विच अन गर्नुपर्छ । त्यसपछि फोन एपमा गएर त्यहाँ ब्लक गर्नुपर्ने नम्बर छनोट गरेर ‘ओके’ थिच्नुपर्छ ।

एचटीसीका फोनमा ‘कल ब्लक’ गर्न ‘फोन एप’ खोलेर ‘कल हिस्ट्री’ मा गई नम्बर छानी ‘ब्लक कन्ट्याक्ट वा ब्लक कलर’ थिच्नुपर्छ ।

एलजी फोनमा ‘फोन एप’ मा गएर सेलेक्ट मेनु-सेटिङ-कल रिजेक्ट-रिजेक्ट कल प|mम एण्ड एड नम्बरको विधि अपनाउन सकिन्छ ।

अधिकांश सामसङ सेटमा भने ‘फोन एप’ मा गई ‘लग’ खोल्नुपर्छ । त्यहाँ नम्बर छानी ‘मोर’ मा गई त्यहाँबाट ‘ब्लक सेटिङ’ मा जानुपर्छ । त्यहाँ तपाईंले कल र मेसेज दुईटै ‘ब्लक’ गर्न सकिन्छ । नम्बर तपाईंको ‘कन्ट्याक्ट’ मा छ भने ‘फोन एप’ मा गई ‘सेलेक्ट मोर’ बाट ‘सेटिङ’ हुँदै नम्बर ‘ब्लक’ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment