Comments Add Comment

कांग्रेसको नेतृत्वमा श्रम अधिकार सुनिश्चितः देउवा

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित भएको दावी गरेका छन् । मजदुर दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको र मजदुरहरुले अधिकार पाएको बताएका हुन् ।

‘वि.सं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो,’ शुभकामना सन्देशमा देउवाले लेखेका छन्, ‘२०१६ मा नेपाली कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको हो ।’

नेपाली कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकहरुको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको देउवाको सन्देशमा उल्लेख छ ।

विराटनगरको मजदुर आन्दोलनलाई तत्कालीन सरकारले निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर बी.पी. कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको स्मरण देउवाले गरेका छन् ।

कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको सभापति देउवाको सन्देशमा उल्लेख छ ।

आज पनि नेपालका श्रमिकहरुले अनेक समस्या व्यहोर्नु परेको उल्लेख गर्दै देउवाले कसरी श्रमिकको समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्वर्द्धन गर्न सकिन्छ भन्नेप्रति नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहेको जानकारी दिएका छन् ।

कांग्रेस सभापति देउवाले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएको हुँदा लोकतन्त्रको रक्षा र सम्वर्द्धन गर्नु सबैको कर्तव्य र दायित्व भएको बताएका छन् । त्यसैले यस दिशातर्फ सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनी सजग र जिम्मेवार हुने देउवाले विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment