Comments Add Comment

बेनिशा र विशालको विग्रिएको सम्बन्ध, बीचमा परिन् केकी


नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’को निर्माण घोषणा गर्दै गर्दा, धेरैले अचम्म माने । कारण, यो चलचित्रमा केकीका २ मिल्ने साथी अटाएका थिएनन् । केकीको निकटता चलचित्र क्षेत्रमा आएदेखि नै नायिकाद्वय रीमा विश्वकर्मा र वेनिशा हमालसँग देखिन्छ । अहिले पनि यी ती जना उत्तिकै घनिष्ठ छन् ।

केकीले बनाएको चलचित्रमा यी २ नायिका नअटाउँदा त्यसले चर्चा पाउनु स्वभाविक नै हो । तर, पछि केकीले नायिका रीमालाई चलचित्रमा समावेश ‘सी ओ डब्लू काउ’ बोलको गीतमा नृत्य गराइन् । यो गीतको चर्चा पनि भयो ।

तर, नायिका वेनिशा हमालले भने चलचित्रमा कुनै पनि स्थान पाइनन् । हुनत, वेनिशाका लागि सुहाउँदो रोल नभएकाले पनि केकीले अफर गर्न नसकेको हुनसक्छ ।

तर, चलचित्रको प्रेस शोमा देखिएको एउटा दृश्यले विभिन्न खालका अड्कल गर्न सकिन्छ । नायिका वेनिशा हमाल र चलचित्र ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारीविच कुनै समय निकै राम्रो सम्बन्ध थियो । बेनिशालाई लिएर विशालले म्यूजिक भिडियो पनि धेरै नै बनाए । बेनिशा र बिशालको सम्बन्धको गसिप चलचित्र बजारमा खुबै चलेको थियो । तर, केही समय अगाडिदेखि यी दुइविच बोलचाल समेत छैन । चलचित्रको जय नेपाल हलमा आयोजित प्रेश शोमा यस्तै दृश्य देखियो ।

चलचित्र हेर्न पुगेकी नायिका वेनिशा हमाल र चलचित्रका निर्देशक विशाल भण्डारीले दुरी बनाए । उनीहरुविच सामान्य बोलचाल पनि भएन । कुनै समय बेनिशालाई आफ्नो परिवारको सदस्य नै बताउने बिशाल अहिले उनीसँग दुरी कायम गरिरहेका छन् । बेनिशाले फिल्म ब्लाइन्ड रक्सबाट सवोत्कृष्ट नायिकाको अवार्ड जित्दा उनको कुनै बधाई सन्देश आएन ।

कतै, बिशाल र बेनिशाको मनमुटाबको चेपुवामा केकी परेकी त होइनन् ? विशालकै कारणले केकीले आफ्नो मिल्ने साथी बेनिशालाई चलचित्रमा कुनै स्थान दिन नसकेकी त होइनन् ? घटनाक्रमले त यस्तै देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment