Comments Add Comment

‘कोहलपुर एक्सप्रेस’मा पावरफूल केकी, बर्षाले फिल्म हेरेर के भनिन् ?(भिडियो)


नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई सोमबार र मंगलबारको बिदाले ठूलै फाइदा दिएको छ । काठमाण्डौको मप्लिटप्लेक्समा चलचित्र हेर्न दर्शकको उपस्थिती बाक्लो छ ।

काठमाण्डौ बाहिर कमजोर रहेको चलचित्रको व्यापार काठमाण्डौमा भने पाँचौ दिनसम्म आइपुग्दा पनि सन्तोषजनक छ । नायिका केकी अधिकारीले दर्शकसँग बसेर पाँचौ दिन पनि चलचित्र हेरिन् । उनले भनिन्-‘दर्शकहरुले चलचित्र हेरेर निकै रमाइलो लागेको बताउनु भएको छ । शुक्रबार भन्दा आजको व्यापार झनै बढेको छ ।’ उनले, चलचित्रको वर्ड अफ माउथ राम्रो भएकाले पनि दर्शकको संख्या बाक्लिएको दाबी गरिन् ।

‘कोहलपुर एक्सप्रेस’ हेरेपछि नायिका बर्षा राउत र दर्शकले के भने ? भिडियो यहाँ हेर्नुहोस्ः

चलचित्र रिलिज भएको पाँचौ दिन नायिका बर्षा राउत आफ्नी आमासँग चलचित्र हेर्न पुगिन् । चलचित्र हेरिसकेपछि उनले भनिन्-‘मलाई चलचित्रको क्लाइमेक्स निकै मन पर्‍यो । चलचित्रको संवाद, कथावस्तु राम्रो छ ।’

विशाल भण्डारीले निर्देशन गरेको चलचित्रको अन्त्यमा लेखिएको छ-‘यो कथा मुम्बई एक्सप्रेस नामक चलचित्रको कथाबाट प्रभावित छ ।’ समिक्षकले चलचित्र चोरिएको बताएपनि केकीले प्रभावित मात्र भएको बताइन् । के तपाइलाई यो चलचित्रको कथावस्तु प्रभावित भएको भन्ने थाहा थियो भन्ने प्रश्नमा केकीले भनिन्-‘यसबारेमा अहिले म केही पनि बोल्न चाहन्न । केही दिनमै पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनेछौ ।’

पावरफूल केकी, कमजोर ऋचा

चलचित्र ‘कोहलपुर एक्सप्रेस’को क्लाइमेक्स रोचक छ । दर्शक क्लाइमेक्ससम्म आइपुग्दा अचम्मित हुन्छन् । कारण, दर्शकले क्लाइमेक्सको दृश्य सोच्न सक्दैनन् । नायिका केकी अधिकारी चलचित्रमा पावरफूल देखिएकी छिन् । कान नसुन्ने केकी कम बोल्छिन् तर पुरै कथा उनले होल्ड गरेकी छिन् ।

चलचित्रमा नायिका प्रियंका कार्की ‘गर्भवती डन’को भूमिकामा देखिएकी छिन् । उनको दृश्य एउटा अस्पतालमा सकिएको छ । तर, उनी पनि दर्शक बाँध्न सफल छिन् । वुद्दि तामाङ, रविन्द्र झाको भूमिकाले पनि दर्शकलाई हसाँएको छ । कलाकार बिनोद न्यौपानेको भूमिकाले पनि दर्शकलाई बाँध्छ ।

नायिका ऋचा शर्मा पर्दामा देखिएपछि उनले झनै मुड फ्रेस गराउने अपेक्षा गरिएको थियो । मोडल तिर्सना बुढाथोकीको शैली उतारेकी ऋचा लाउड लाग्छिन् । उनी पर्दामा सुरुमा आउँदा दर्शक हाँसेपनि पछि उनको अभिनयले दिक्क बनाउँछ । चलचित्रका निर्देशक विशाल भण्डारी ‘तिर्सना’को हाउभाउ ऋचालाई दिएर दर्शक होल्ड गर्ने अपेक्षामा थिए भने उनका लागि यही क्यारेक्टर घातक बनेको छ । यो भूमिकामा ऋचा फिटिक्कै सुहाएकी छैनन् ।

चलचित्रको फस्ट हाफ भन्दा सेकेन्ड हाफ डाउन छ । समग्रमा यो चलचित्रको कथावस्तु आयतित भएपनि हेरुन्जेल दर्शकलाई त्यस्तो दिक्क लाग्दैन । चलचित्र हेरिसकेपछि दर्शकले हलबाहिर निस्कदा खासै केही संझदैनन् । तर, चलचित्र हेरुन्जेल मनोरञ्जन लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment