Comments Add Comment

चर्चा कम, तर व्यस्त सुरक्षा


नायिका सुरक्षा पन्त पेशाले इन्जिनियर हुन् । तर, उनको चलचित्र यात्रा पनि सुखद बनिरहेको छ । चलचित्र ‘अझै पनि’बाट डेब्यू गरेकी नायिकाको चर्चा चलचित्र बजारमा कम छ । उनी, गसिपमा कमै मात्र रमाउँछिन् ।

तर, सुरक्षाको चर्चा कम भएपनि उनको व्यस्तता भने निकै बढेको छ । चलचित्र ‘अझै पनि’पछि मुख्य नायिकाको रुपमा उनले चलचित्र ‘धनपति’मा काम गरिन् । चलचित्र असफल हुँदा सुरक्षा पनि छायाँमा परिन् ।

तर, यसले उनलाई खासै फरक पारेको छैन । निर्माण भैसकेको चलचित्र ‘सुस्केरा’ रिलिज हुनै बाँकी छ । यो विचमा उनले चलचित्र ‘भैरे’को छायांकन पनि सकिन् । यो चलचित्र जेठमा रिलिज हुँदैछ ।

सुरक्षाले चलचित्र ‘चङ्गाचेट’मा पनि काम गरिरहेकी छिन् । यो चलचित्र पनि बीग ब्यानरमा निर्माण हुँदैछ । यस्तै, आजै मात्र उनले अभिनय गर्ने चलचित्र ‘गोपी’को घोषणा भयो ।

यसरी हेर्दा, सुरक्षाका रिलिज र निर्माण हुन बाँकी चलचित्रको लहर लामो बन्दैछ । कमै मात्र मिडियामा छाउने यी नायिका काममा भने व्यस्त बनिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment