Comments Add Comment

वैदेशिक रोजगार विभागको ताहचल कार्यालयमा आए पाण्डे


१९ वैशाख, काठमाडौं । ताहाचलस्थित वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा भविश्वर पाण्डे नियुक्त भएका छन् । पाण्डे यसअघि गृह मन्त्रालयमा उपसचिव थिए । उनी केही दिनअघि मात्रै श्रम मन्त्रालयमा सरुवा भएका थिए ।

श्रममन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारलाई व्यवस्थित र पारदर्शी गर्ने गरी बनाएका योजना सफल बनाउन यो कार्यालयको भूमिका महत्वपूर्ण रहन्छ । अहिले श्रम ग्राम ताहाचलामा श्रम स्वीकति लिन निकै सास्ती छ । दलालहरुको बिगबिगी र कर्मचारीको सेटिङका कारण घुस नखुवाई श्रम गर्न पनि मुस्किल हुने अवस्था छ ।

विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न ताहाचल कार्यालयका प्रमुखको मुख्य भूमिका महत्वपूर्ण मानिन्छ ।

ताहाचलमा प्रमुखका रुपमा आएका पाण्डेले सल्यान, अछाम, रुकुम र बाजुरामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)का रुपमा काम गरिसकेका छन् । उनले दाङ र गुल्मीमा सहायक प्रजिअका रुपमा पनि कार्यसम्पादन गरेका थिए । त्यसअघि उनी ६ वर्ष प्रधानमन्त्रीको कार्यालयमा अधिकृतका रुपमा कार्यरत थिए ।

गत वर्ष पाण्डे सूचना आयोगबाट उत्कृष्ट सूचना अधिकारीको पुरस्कारबाट सम्मानित भएका थिए । यसैगरी श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागमा उद्धब रिजाललाई निर्देशकका रुपमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment