Comments Add Comment

नेपालमा ओप्पो एफ सेवेनको फर्स्ट सेल आरम्भ


१९ वैशाख, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो एफसेवेनको अप्रिल  २५देखि फस्र्टसेल मार्फत बिक्री आरम्भ गरेको छ । ओपो एफसेवेन एआई ब्यूटी टेक्नोलोजि २.० र २५ एमपी प|mण्ट क्यामेरा सहितको नेपालमा ब्राण्डकै पहिलो एफएचडी प्लस सुपर फुल स्क्रीन डिस्प्ले मोडल हो ।

सेल्फीमा रहेका विषयहरुका लागि ब्यक्तिगत ब्यूटिफिकेशन उपलब्ध गराउन डिजाइन गरिएको प्रविधि सहितको उक्त फोन सोलर रेड, मुनलाइट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन भिन्न रंगमा उपलब्ध गरिएको छ । दूई भिन्न भ्यारियण्टमा उपलब्ध गरिएको उक्त फोनको ४ जीबी मोडलको मूल्य रु ३६,५९० तोकिएको छ भने एफसेवेन १२८ जीबीको मूल्य रु ४६,५९० निर्धारण गरिएको छ ।

ओपो एफसेवेन मार्फट सेल्फी फिचरका रुपमा उपलब्ध गरिएको एआई २.०ले अनुहारका आकार, विशेषता लगायत ग्लोबल डाटावेसमा आधारित भइ पहिचान गर्ने क्षमता राख्छ । साथै, यसमा २९६ फेसियल टच प्वाइन्ट्स पनि रहेका छन् । यसको विकास प्रक्रियाका दौरान ब्यवसायिक फोटोग्रार्फस, मेकअप आर्टिस्ट लसगायतसंग विशेष परामर्श लिइएको थियो ।

फलस्वरुप, ओपो एफसेवेन मार्फत खिचिएका सेल्फीहरु अझ वास्तविक र प्राकृतिक देखिन्छन् । उत्कृष्ट सेल्फीका लागि ओपो एफसेवेनमा ओक्टा कोर ६४-बीट मिडियाटेक हेलियो पी६० प्रोशेसरको प्रयोग गरिएको छ ।

फस्र्ट सेलका बारेमा बोल्दै ओपो नेपालका प्रमुह कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘भरखरै सार्वजनिक ओपो एफसेवेनका लागि नेपाली उपभोक्ता, सञ्चार जगत, शुभचिन्तक लगायतद्वारा प्राप्त अपार माया, सकारात्मक प्रतिक्रिया र समर्थनका लागि हामी कृतज्ञ छौँ । नयाँ फोनमा रहेका नवप्रबर्तनात्मक प्रविधि र आकर्षक डिजाइनका लागि हामीलाई निकै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । बजार माग र विक्रि नियाल्दा ओपो एफसेवेनले ब्राण्डकै लागि नयाँ उचाई स्थापित गर्ने करिव निश्चित छ । बजारबाट आएको यस्तो प्रतिक्रियाले भविष्यमा अझ उत्कृष्ट उत्पादन नेपाली उपभोक्ताका लागि पस्किन हामीलाई थप हौसला तथा प्रेरणा मिलेको छ ।’

१०८०*२२८० रिजोल्यशुन सहितको ६.२३-ईञ्चको एफएचडी+ डिस्प्ले सपोर्ट गर्न फोनमा ३४०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।  स्क्रीनको सुरक्षाका लागि फोनमा स्क्र्याच रेजिस्टेण्ट कोर्निङ गोरिल्ला ग्लास ५को प्रयोग गरिएको छ । साथै, फोनमा रहेको १६ एमपी रियर क्यामेरा दिन तथा रात दुबै समयमा शटका लागि उत्कृष्ट छ । एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.०मा प्रणाली ब्यवस्थापनमा सुविधाका लागि सफ्टवेयरमै एआईको ब्यवस्था गरिएको छ ।

कलर ओएस ५.० एआई पावर म्यानेजरले फोन उत्कृष्ट अवस्थामा रहोस् भन्ने कुरालाई ध्यानमा राखि एप अनुसार उर्जा वितरण गर्छ । एफफाइभसंगको तुलनामा ओपो एफसेवेनको समग्र कार्यक्षमतामा ८० प्रतिशतले सुधारिएको छ । साथै, एआई सपोर्ट गर्ने हुँदा यसको कार्य सम्पादन समेत थप सटिक रहेको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment