Comments Add Comment

९ वर्षपछि नेविसंघ पर्साको विवाद समाधान, कार्कीलाई अधिवेशन गराउने जिम्मा

२० वैशाख, वीरगन्ज । नेविसंघ पर्साको विवादलाई झण्डै नौ वर्षपछि समाधान गर्दै नेपाली कांग्रेस पर्साले जिल्ला कार्यसमिति गठन गरेको छ । संगठनभित्र नेतृत्वको विषयलाई लिएर तीव्र असन्तुष्टि रहेकाले नेविसंघ पर्साको अधिवेशनसमेत हुन सकिरहेको छैन ।

नेपाली कांग्रेस पर्साले नेविसंघभित्र रहेको विवाद समाधान गर्दै दिलिपराज कार्कीलाई संयोजकको बनाएको छ । कार्की नेतृत्वको २१ सदस्यीय कार्यसमितिलाई साउन ६ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी दिइएको छ ।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले हस्ताक्षर गरेको पत्रमा नेपाल विद्यार्थी संघ पर्सा जिल्ला अधिवेशन गराई संगठनलाई क्रियाशिल बनाउन नयाँ कार्य समिति गठन गरिएको उल्लेख छ ।

नवगठित कार्य समितिको सहसंयोजकमा विश्वास रञ्जन द्विवेदी, सदस्यहरुमा राम निवास यादव, बद्री नारायण तिवारी, जीवन सापकोटा, धर्मराज यादव, विकास तिवारी, सञ्जय कुशवाहा, देव प्रकाश पटेल, प्रकाश चौहान छन् ।

यसैगरी सन्तोष सिंह, रञ्जित पटेल, त्रिलोकी साह, राकेश कुशवाहा, विकेश पटेल, इमरान अंसारी, दिपेश श्रीवास्तव, चन्दन सहनी सञ्जीव कुमार मिश्र, सिमरन परियार र अमिता रायमाझी पनि समितिमा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment