Comments Add Comment

कामु प्रधानन्यायाधीश जोशीले भने : अदालत भूमिसुधार अड्डा होइन

२० वैशाख, काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले विश्लेषणका नाममा सञ्चारमाध्यमले अदालतमा विचाराधीन मुद्दाहरुमा पक्षपातपूर्ण धारणा दिने गरेको बताएका छन् ।

प्रेस स्वतन्त्रता विनाको लोकतन्त्रको कल्पना गर्न नसकिए जस्तै न्यायालय र सञ्चार क्षेत्रबीच पनि फरक तर अन्योन्याश्रति सम्बन्ध रहेको भन्दै उनले न्यायालयका समाचार सम्प्रेषणमा थप संवेदनशील हुनुपर्ने आवश्यकता औल्याए ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले गरेको कार्यक्रममा कामु प्रधानन्यायाधीश जोशीले भने, ‘अदालतले न्यायको घोषणा संविधान र कानुनकै आधारमा प्रदान गर्ने हो, अदालत भनेको भूमि सुधार अड्डा होइन ।’

उनले सञ्चार माध्यमले विश्लेषणका नाममा अदालतमा विचाराधीन मुद्दाहरुमा पक्षपातपूर्ण निर्णय गर्नु स्वतन्त्र न्यायपालिकाको मान्यता विपरीत हुने बताए ।

सञ्चारमाध्यमले विश्वसनियता हासिल गर्नु चुनौतीपूर्ण बन्दै गएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment