Comments Add Comment

अब प्लेनमै वाईफाई, भारतले दियो अनुमति


२० वैशाख, काठमाडौं । भारतीय आकाशमा अब सहज तरिकाले इन्टरनेटको प्रयोग गर्न सकिने भएको छ । मंगलबार मात्रै भारतको टेलिकम कमिसनले भारतीय जहाज कम्पनीलाई उडरहेको जहाजमा इन्टनरनेट सेवा प्रदान गर्ने अनुमति दिएको छ ।

यो सँगै टेलिकम सञ्चालक, विमान कम्पनी र प्रविधि कम्पनीहरुले अब भारतीय आकाशमा उड्ने जहाजहरुलाई इन्टरनेट सेवा प्रदान गर्न सक्नेछन् ।

यो कस्तो प्रविधि हो ?

इन फ्लाइट कनेक्टीभिटी सिस्टमले दुई किसिमको प्रविधिको प्रयोग गर्छ । यसमा अनबोर्ड एन्टेनाले जमिनमा रहेको टावरबाट सिग्नल क्याप्चर गर्नेछ ।

गुडिरहेको कारमा जसरी अहिले इन्टरनेट चल्छ त्यसैगरी नै जहाजमा पनि इन्टरनेट चलाउन मिल्नेछ । तर समुद्रको भागमा भने यसरी इन्टरनेट कनेक्सन हुनेछैन ।

यस्तो बेलामा भने स्याटलाइटबाट इनटरनेट जोड्नु पर्नेछ । अहिले सेटलाइट टेलिभिजनहरु सञ्चालन भए जसरी यो सञ्चालनमा आउने छ । जहाजमा रहेको राउटरबाट विभिन्न ल्यापटप तथा मोबाइलमा इन्टरनेट जोडिनेछ ।

यो राउटर भने जहाजमा रहेको एन्टेना सँग जोडिएको हुनेछ । एन्टेनाले स्याटलाइटको सहायतले जमिनमा रहेको टावरमा जोडिनेछ ।

जहाजमा पुगेपछि फ्लाइट मोड अन गरेपछि मात्रै इन्टरनेट चलाउन सकिनेछ । उडान भरेको चार देखि पाँच मिनेटपछि मात्रै इन्टरनेट कनेक्सन हुनेछ । जहाज समुन्द्र सतहबाट ३ हजार मिटर माथि पुगेपछि इन्टरनेट कनेक्ट हुनेछ ।

टेरेस्टरियलबाट सेटलाइट वा सेटलाइटबाट पुन टेेरेस्टरीयलमा गएर इन्टरनेट कनेक्सन् गर्दा यात्रुले प्रयोग गरिरहेको डिभाइसमा इन्टरनेट कनेक्सन भने छुट्ने छैन ।

यात्रुले कति तिर्न पर्ला त ?

आकाशमा इन्टरनेट चलाउन त्यती सस्तो भने छैन । सिंगापुर एयरलाइन्सले अहिले १ सय एम बी बराबरको डाटा बिजनेश क्लास र फस्ट क्लासका यात्रुलाई उपलब्ध गराउँने गरेको छ । इकोनोमी क्लासका लागि भने ५ अमेरिकन डलरबाट यस्तो सेवा सुरु हुन्छ । डाटाको भोलुम र समयका आधारमा यसले मूल्य तय गर्ने गर्छ ।

त्यस्तै इमिरेट्सले भने आफ्ना यात्रुका लागि २० एमबी डाटा फ्रि दिएको छ । योभन्दा बढी डाटा लिनेले भने १ सय ५० एमबी ९.९९ अमेरीकन डलर र ५ सय एमबी चलाउने हो भने १५.९९ मा उपलब्ध हुन्छ ।

जहाजमा इन्टरनेट सेवा जमिनमा भन्दा भने केहि स्लो हुनेछ । जहाजमा फोन गर्ने एप हरु पनि चलाउन मिल्छ । तर, कैयन विमान कम्पनीहरुले यस्तो सुविधा उपलब्ध गराउँदा हल्ला बढी हुने भनेर बन्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment