Comments Add Comment

‘कोहलपुर एक्सप्रेस’ हिट भएको भन्दै केकी, प्रियंका र ऋचाले काटे केक


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले सुखद ओपनिङ गरेन । चलचित्रले शुक्रबार सुखद ओपनिङ नगरेपनि शनिबारबाट भने पीकअप लिएको निर्माणपक्षको दाबी छ । चलचित्रले शोज बढेको र दर्शक पनि बढेको यसको निर्माणपक्षले बताएको छ । चलचित्र चलेको एक सातामा १ करोड ग्रस कलेक्शनको वरिपरी पुगेको निर्मात्री तथा नायिका केकी अधिकारीले बताएकी छिन् ।

यो चलचित्र सफल भएको भन्दै आज काठमाण्डौमा केक समेट काटिएको छ । चलचित्रको कलाकार, निर्माता, निर्देशक सहितको टिमले केक काटेर चलचित्र सफल भएको बतायो । नायिका केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्माको साथमा निर्देशक विशाल भण्डारी, कलाकार विनोद न्यौपाने, छायांकार अर्जुन तिवारी र बाल–कलाकार कुशाग्र भट्टराइले केक काटे ।

नायिका केकी अधिकारीले ३ जना नायिका राखेर महिला केन्द्रित कमेडी चलचित्र बनाउनु सजिलो नभएको भन्दै अहिले दर्शकको मायाले खुशी भएको बताए । साथै, उनले यो चलचित्रबाट आफूले धेरै कुरा सिकेको समेत बताइन् ।
नायिका ऋचा शर्माले पनि आफ्नो भूमिकाको बारेमा राम्रो र नराम्रो दुबै खालको प्रतिक्रिया आएको भन्दै ताली र गाली दुबै स्विकार गरेको बताइन् ।

निर्देशक विशाल भण्डारीले महिला केन्द्रित कमेडी चलचित्र बनाउनु सजिलो काम नभएको भन्दै अब नेपालमा यस्ता चलचित्र बन्न आवश्यक रहेको बताए । यो चलचित्र भोलीबाट दोश्रो हप्तामा प्रवेश गर्दैछ । दर्शकले दोश्रो हप्तामा पनि उस्तै माया गर्ने विश्वास यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment