Comments Add Comment

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

एसपी खनाल र डिएसपी राउत तस्करलार्इ इस्कर्ट गर्ने

एसएसपी श्याम खत्री । फाइल फोटो

२० वैशाख, काठमाडौं । चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको तस्करीको सुन पास गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको भेटिएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा आफ्नो संलग्नता मात्रै स्वीकार गरेनन्, तत्कालिन विमानस्थलका अन्य प्रमुख अधिकारीको पोल पनि खोलेका छन् ।

खड्का एसएसपी खत्री डिएसपी हुँदादेखि नै उनको सवारी चालकको रुपमा कार्यरत थिए ।

विमानस्थलका तत्कालिन एसएसपी श्यामबहादुर खत्रीको गाडीमै राखेर उनले तस्करसम्म सुन पुर्‍याउने गरेकोसमेत स्वीकारेका छन् । खत्रीको निर्देशनमा उनले सुन दाह्रीवाला भनिने मोहन काफ्लेसम्म पुर्‍याउने गरेका थिए ।

जसवापत काफ्लेले उनलाई एक पटक ५ हजार रुपैयाँ र अर्को पटक १० हजार रुपैयाँ गरी १५ हजार रुपैयाँ पाएका थिए ।

काफ्लेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा उनीहरुले विदेशबाट सुन लिएर इमिग्रेसनसम्म आउने गरेका थिए ।

इमिग्रेसनको छापा लागेपश्चात कहिले एसपी विकासराज खनाल त कहिले डिएसपी सञ्जयबहादुर राउतले उनीहरुलाई इस्कर्ट गरेर सिधै डिआईजी गोविन्दप्रसाद निरौला र एसएसपी श्यामबहादुर खत्रीको कार्यकक्षसम्म पुर्‍याउने गरेको खड्काले बयान दिएका छन् ।

सुन आउने समय डिआईजी निरौला र एसएसपी खत्रीले आफ्नो कार्यकक्षमा कुरेर बस्ने गरेको पनि उनले बताएका छन् । पछि एसपी विकासराज खनाल प्रहरी प्रधान कार्यालय तानिएपछि डीएसपी राउत र एसएसपी खत्रीले त्यो काम सम्हालेको उनको भनाइ छ ।

सुन आउने समयमा एसएसपी खत्रीको बडिगार्ड तत्कालिन प्रहरी जवान अमरबहादुर थापा मगरले समेत अफिस छेउबाट स्कर्टिङ गर्ने गरेको समेत उनले बताएका छन् ।

को हुन् एसएसपी खत्री ?

दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका प्रहरी अधिकारी हुन्, खत्री । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले २३ माघ ०७३ मा प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको थियो ।

खत्री विमानस्थलको सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको सुन विमानस्थलबाट बाहिरिएको थियो, जसलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रमा सुन तस्करहरुसँग एसएसपी खत्रीको सम्वन्ध देखिएको सीआईबीको दाबी थियो ।

खत्रीले श्रीमतीका नाममा सुन पसल दर्ता गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो । साथै, उनले साडी पसलमा ब्याजमा पैसा लगाएकोसमेत प्रहरीले पत्ता लगाएको थियो ।

पछि उनी दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । उनले केही समयअघि मात्र मुद्दामा सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो । र, प्रहरी प्रधान कार्यालयमा काम गर्दै आएका थिए ।

यो पनि पढ्नुस् 

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

ट्रेन्डिङ

Advertisment