Comments Add Comment

केकीजी फिल्म चोरिएको आरोप बारे कहिले बोल्ने त ?


नायिका केकी अधिकारीले अनलाइनखबरसँगको कुराकानीका क्रममा भनेकी थिइन्–‘विशाल भण्डारीले कथा लिएर आएपछि मलाई निकै मनपर्यो । यसपछि, यो चलचित्रमा लगानी गर्ने सोच बनाएको हो ।’ केकीले कथा मन पराएर चलचित्रमा लगानी मात्र गरिनन्, विशाललाई निर्देशनको जिम्मा पनि दिइन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि भने युटुब कमेन्टमा धेरैले ‘मुम्बई एक्सप्रेस’बाट कपि गरिएको बताए ।

चलचित्र रिलिज भएपछि त समिक्षकले चलचित्रलाई कपी भन्दै समिक्षा लेखे । अधिकांश मिडियामा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ कमल हसनले काम गरेको चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपी भएको भन्दै समिक्षा आयो ।
नायिका तथा निर्मात्री केकी अधिकारीले सामाजिक संजालमै चाडै नै पत्रकार सम्मेलनको आयोजना गरेर यो बिषयमा मुख खोल्ने बताएकी थिइन् । अनलाइनखबरसँगको भिडियो कुराकानीमा पनि केकीले पत्रकार सम्मेलन गरेर मुख खोल्ने बताइन् ।

बिहिबार बेलुकी केकीको निमन्त्रणामा पुगेका पत्रकारले पनि केकीले यो बिषयमा मुख खोल्ने अपेक्षा गरेका थिए । तर, केकी र उनको टिमले यो बिषयमा बोलेन । बरु, चलचित्रले १ करोड ग्रस कलेक्शन गरेको भन्दै केक काटेर खुशीयाली साटे ।

केकीलाई सो समयमा पनि पत्रकारले चोरीको बिषयमा प्रश्न सोधेका थिए । केकीले यसमा जवाफ दिइन्–‘आज हामी खुशीको समयमा छौ । केक काटेर सेलिव्रेशन गर्ने कार्यक्रममा यो बिषयमा नबोलौ होला । अर्को पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौ ।’

केकीले चलचित्र चोरिएको बिषयलाई बारम्बार पछि भन्ने भन्दै टारिरहेकी छिन् । उनले, यसको पछाडि लामो कथा रहेको समेत बताएकी छिन् । तर, त्यो कथा के हो उनले खुलाएकी छैनन् । आखिर, केकीले यो लामो कथा कहिले सुनाउने हुन् कुन्नी ? दर्शक र मिडियाले त यसको प्रतिक्षा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment