Comments Add Comment

प्रचण्डले कार्यकर्तालाई सोधे- क्रमभंग गर्न तयार छौं ?

२१ वैशाख, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्याग्न आग्रह गरेका छन् ।

मार्क्सको जन्म द्विशतबाषिर्की कार्यक्रममा प्रचण्डले केही दिनमा पार्टी एकता घोषणा हुने बताए । एमाले र माओवादी भंग गरेर नयाँ पार्टी बनाउने तयारी भइरहेको भन्दै उनले कार्यकर्तालाई सोधे-क्रमभंग गर्न तयार छौं ?’

आग्रह पूर्वाग्रह त्याग्न र नयाँ आवश्यकताअनुसार रुपान्तरण गर्न सकेनौं भने एकता सफल नहुने उनले बताए ।

भूमिगत कालमा आफ्नो पुस्ताले धेरै दुःख गरेको स्मरण गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आजभोलि कताकता आफैं पनि विग्रियो कि भन्या जस्तो लाग्न थाल्यो । अरु नयाँ पिढी, जसमाथि हामीले भरोसा गर्ने हो जसलाई नेपाल दिएर माथि जाने तयारी गर्दैछौं । त्यो पिढी त झन पढ्दै नपढ्ने हुन थाल्यो ।’

एक बुर्जुवा बुद्धिजिवीले भूराजनीतिक अवस्थालाई बुझ्न नसके केही वर्षमा नेपालको अस्तित्व हराउने बताएको भन्दै उनले त्यसलाई असफल नाउनु पर्ने बताए ।

कम्युनिष्टहरुले आआफ्नै धन्दा चलाइरहे नेपाललाई केही दिन नसकिने भन्दै उनले भने, ‘एकतावद्ध हुन समग आएको छ, आग्रह पूर्वाग्रहबाट माथि उठेर संकल्प गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment