Comments Add Comment

नेपाली अर्थतन्त्र बुझाउने पुस्तक ‘अर्थात अर्थतन्त्र’ आउँदै

२१ वैशाख, काठमाडौं । नेपाली अर्थतन्त्रका आरोह अवरोहको विश्लेषण गर्दै लेखिएको सुजीव शाक्यको पुस्तक ‘अर्थात् अर्थतन्त्र’ तयार भएको छ ।

अर्थ मामिलाका लेखक तथा टिप्पणीकार शाक्य ‘नेपाल आर्थिक मञ्च’ का अध्यक्ष हुन् ।  शाक्यले यसअघि अंग्रेजीमा ‘अनलिसिङ नेपाल’ लेखेका थिए । उनको त्यस पुस्तकलाई अन्तर्राष्ट्रिय प्रकाशनगृह पेन्गुइनले छापेको थियो । नेपाली पाठकहरुका निम्ति उनले तयार पारेको यो पुस्तक भने पब्लिकेसन्स नेपालयका तर्फबाट प्रस्तुत हुन लागेको हो ।

‘यसअघि अंग्रेजी भाषाका पाठकहरु माझ नियमित स्तम्भ, विभिन्न लेखहरु र पुस्तकका माध्यमबाट आफूलाई प्रस्तुत गर्दै आएको थिएँ,’ शाक्य भन्छन्, ‘नेपाली भाषी पाठकहरुसँग भने पहिलोपटक यस रुपमा अन्तरंग हुनपाउँदा खुशी लागेको छ ।’ शाक्यले मैना धितालसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।

पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केका अनुसार पुस्तक वैशाख २९ गते सार्वजनिक हुनेछ । पुस्तकको मूल्य ४७५ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment