Comments Add Comment

एक दिनमै छ/सात जनासँग सेक्स गर्थे: एक सेक्स एडिक्ट महिलाको बयान

एक अष्ट्रेलियन महिलाले आफ्नो सेक्स एडिक्सनको बारेमा सबैलाई आश्चर्यचकित बनाउने खुलासा गरेकी छिन् ।

सी सेड अनलाइन पोर्टलकी ग्लोबल एडिटर नाडिया बोकोडीले उनलाई डिभोर्सपछि यस्तो लत लागेको र एक दिनमा पालैपालो छ जना पुरुषसँग यौनसम्पर्क गर्ने गरेको बताएकी हुन् ।

एक रेडियो कार्यक्रममा उनले आफ्नो सेक्स पार्टनरसँग कसरी समय बिताउँथिन् भन्ने कुराको पनि बयान दिएकी छिन् ।

‘मैले यसलाई कुनै ठूलो कुरा त भन्दिन तर मैले एक दिनमा प्रायः छ वा सातजना पुरुषसँग यौनसम्पर्क गर्ने गरेको थिएँ’ उनले भनिन् । एक वा दुई जनासँग मात्रै सेक्स गरेको दिन उनलाई अरूभन्दा भिन्न लाग्ने गरेको पनि नाडियाले बताएकी छिन् ।

उनले आफू सेक्स एडिक्ट भएको कुरा हालका प्रेमी काइसँग भेट भएपछि मात्रै थाहा भएको पनि बताएकी छिन् । उनले आफूलाई दैनिक सेक्सको आवश्यकता भएको महसुस गर्थिन् तर उनको प्रेमी भने दुई दिनमा एकपटक मात्रै सेक्सको लागि तयार हुन्थे ।

जब पहिले पहिले बेडमा तयार भएको अवस्थामा काइले उनलाई सेक्सको लागि अस्वीकार गरे त्यसले आफूलाई धेरै असर गरेको पनि नाडियाले बताएकी छिन् ।

‘एक महिलाको रूपमा मैले यो मात्रै सोच्ने गर्थें कि पुरुषहरू यौनका प्यासी हुन्छन् र जहिल्यै पनि सेक्स चाहन्छन् । तर, उसले हामीले धेरै सेक्स गरिसक्यौं म थकित छु भन्न थालेपछि मात्रै मैले सोचेँ त्यसो भए पक्कै पनि ममा कुनै खराबी छ’ नाडियाले भनिन् ।

यस्तो घटना भएपछि आफू नराम्रा वा बोरिङ भएर हो कि ऊ अरू कसैप्रति आकषिर्त भएर पो उसले सेक्स नचाहेको हो कि भन्ने कुराहरू उनको दिमागमा खेल्न थालेको नाडियाले बताइन् ।

नाडियाले उनको मनपर्ने सेक्स पोजिसन मिसनरी भएको र यो धेरै नै अंतरंग खालको भएको बताएकी छिन् । उनले धेरैपटक सेक्सका लागि आफ्नो काम नै छोडेर हिँडेको पनि अन्तर्वार्तामा बताएकी छिन् ।

अरूका लागि धेरै सेक्स गर्ने कुरा एक रोमान्टिक सपना जस्तो लाग्नसक्ने बताउँदै उनले भनिन्, ‘तर यसले मेरो जीवनमा नराम्रो असर पारेको छ ।’

जब मैले यसले आफ्नो जीवनमा नकारात्मक असर गरेको महसुस हुने विन्दुमा आएँ त्यसपछि मलाई आफ्नो काममा ध्यान केन्दि्रत गर्न धेरै नै गाह्रो भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment