Comments Add Comment

नयाँ बसपार्कबाट समितिका काउन्टर हटाउने, कम्पनीका राख्ने


२१ वैशाख, काठमाडौं । सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ ।

यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।

काउन्टर हटाउन लोत्सेले प्हरी सुरक्षा मागेको छ । त्यसअनुसार गृहमन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ ।

अब बसपार्कभित्रका समितिका काउन्टर हटाएर कम्पनीहरुलाई व्यवस्थित रुपमा मात्रै राखिने भट्टराईले बताए । अहिले नयाँबसपार्कभित्र रहेका समितिका काउन्टरहरुमा बिचौलियाको बिगबिगी छ ।

सही किसिमबाट व्यवस्थापन नगरिादा बसपार्कभित्रै यात्रु ठगिनेर लुटिने समस्या छ । अब कम्पनीका मात्रै काउन्टर राख्ने र त्यसलाई सरकारले कडाइका साथ व्यवस्थापन गर्ने योजना बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment