Comments Add Comment

यौनसम्पर्कका बेला टाउको दुख्ने समस्या

करुणाजी, नमस्कार ।

म काठमाडौं घर भएको ३६ वर्षीय विवाहित पुरुष हुँ । ५ वर्षअघि मेरो विवाह भएको हो । मेरी एउटी छोरी पनि छिन् । ४ वर्षअघिसम्म हाम्रो यौन जीवन सहज थियो र ममा सधैं उत्साह रहन्थ्यो । एक वर्षयता म अचम्मखालको रोगबाट पीडित भएको छु ।

मेरो समस्या के छ भने जव म यौनसम्पर्क गर्छु, लगत्तै मलाई टाउको दुख्छ । पहिले यसलाई मैले सामान्यरुपमा लिएको थिएँ, किनभने मलाई कहिलेकाहीँ टाउको दुख्नु सामान्य हो भन्ने लाग्दथ्यो । जब यौन सम्पर्कपछि मलाई टाउको दुख्छ भन्ने थाहा भयो, त्यसपछि म यौनसम्पर्क राख्न डराउन थालें ।

यता श्रीमती भने पहिलेको तुलनामा यौनमा बढी चासो राख्छिन् । उनको विचारमा छोरी हुर्किसकेकी हुनाले यौन जीवनको आनन्द लिने बेला यही हो । मैले एकपटक यौन सम्पर्कपछि टाउको दुख्छ भनेर उनलाई सुनाएँ, उनले यसलाई धेरै महत्व दिइनन् । म भने जब उनी यौन सम्पर्कको मुडमा आइन् भन्ने थाहा पाउँछु, म तुरुन्तै या त कामको बाहाना गरेर ढीलो घर र्फकन्छु, या त थाकेका कारण निद्रा लागेको बाहाना बनाउँछु ।

कहिलेकाहिँ यौन सम्पर्क राख्दा म बाध्यताबस यसो गरिरहेको छु भन्ने मनमा पर्छ र कतिखेर टाउको दुख्न थाल्छ भनेर चिन्तित हुन्छु । मेरो अनौठो व्यवहारले मेरी श्रीमती पनि चिन्तित छिन् । तपाईंको विचारमा यस्तो समस्या हुन्छ ? हुन्छ भने यो कस्तो समस्या हो र यसबाट कसरी बच्न सकिन्छ ? कृपया उचित सुझाव दिएर मेरो जीवन बचाइदिन हुन हार्दिक अनुरोध गर्दछु ।- निमेष

यो समस्या पुरुषमा बढी हुन्छ

निमेषजी, तपाईंले धेरै नेपाली पुरुषहरुले भोगिरेहेको तर याद नगरेको समस्या लेखेर पठाउनुभएको छ । नेपालीहरुले याद नगरेपछि युरोप-अमेरिकामा भने यो समस्याका बारेमा धेरै अध्ययनहरु भएका छन् र यो यौन समस्या नै हो भनेर निक्र्यौल निकालेका छन् ।

अंग्रेजीमा कोइफल सेफलाल्जिया भनिने यो रोग महिलाभन्दा पुरुषहरुमा बढी हुन्छ । एक अध्ययन अनुसार यस्तो समस्या कूल जनसंख्याको एक प्रतिशत व्यक्तिलाई हुने गरेको छ । यो रोग २० वर्ष मुनिका किशोर तथा ३५ वर्ष काटेका पुरुषमा बढी देखिन्छ ।

यस्तो समस्या देखिएका पुरुषहरु सकेसम्म यौन सम्पर्क गर्न नपरे हुन्थ्यो भन्ने सोच्छन् । उनीहरुलाई शारीरिक सम्पर्क राख्न मन लागेपनि सम्पर्कपछि टाउको दुख्ने भयका कारण पछि हट्छन् ।

कतिपयले भने टाउको दुःखेपछि टाउको दुख्न कम गर्ने औषधि लिने गरेको पाइएको छ । यो समस्या महिलासँगको सम्पर्कमा मात्र होइन, हस्तमैथुन गर्ने पुरुषहरुमा पनि देखिएको छ । अर्थात यो रोग कुनै न कुनै रुपमा यौनसँग अथवा वीर्य स्खलनसँग सम्बन्धित हो भन्ने निक्यौलमा चिकित्सकहरु पुगेका छन् । कतिपयलाई टाउको दुख्नुका साथै पछाडिको घाँटी दुख्ने वा रिँगटा समेत लाग्ने गर्छ ।

विभिन्न अध्ययनहरुले यस्तो समस्या देखिएको परिवारमा विभिन्न किसिमका तनाव भएको पाइयो । युरोप-अमेरिकामा यही समस्याका कारण धेरैले पारपाचुकेको गरेको पाइएको छ । नेपालमा भने यही समस्याले पारपाचुके भएको थाहा नभए पनि यसले ठूलो पारिवारिक तनाव सिर्जना गर्न सक्छ भन्ने कुरा तपाईंको पत्रबाट पनि थाहा पाउन सकिन्छ । सेक्ससुअल ह्यारेस पनि भनिने यस्ता समस्याले आत्मविश्वासको कमी भई चौतर्फी समस्या पनि ल्याउन सक्छ ।

निमेषजी, यी सबै कुरा बताउनुको अर्थ यसको समाधानको उपाय नै छैन भन्ने होइन । टाउको दुख्नुको कारण सेक्सुअल ह्यारेसमेन्ट नै हो भन्ने कुरा थाहा पाउन तपाईंले चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

कतिपय अवस्थामा टाउकोको सिटीस्क्यान गर्नु पर्ने हुन सक्छ । किनभने, अन्य कारणले पनि कहिलेकाहिँ टाउको दुखेको हुन सक्छ । यदि अन्य कारणले टाउको दुखेको हो भने तपाईंले अन्य उपचार गर्नतिर लाग्नुपर्छ । सेक्सुअल ह्यारेसमेन्ट हो भने त्यही अनुसार उपचार गर्नुपर्छ ।

यदि तपाईंलाई यौन समस्याकै कारण टाउको दुखेको हो भने सबैभन्दा पहिले श्रीमतीसँग प्रेमपूर्वक आफ्नो समस्या बताउनुपर्ने हुन्छ । अध्ययनहरुले देखाएअनुसार यसको सबैभन्दा ठूलो उपचार भनेकै यौनसम्पर्कको समय घटाउने हो ।

अर्थात, तपाईंहरुबीच सातामा दुईपटक यौन सम्पर्क हुन्थ्यो भने यसलाई घटाएर सातामा एकपटक वा महिनामा ३ पटकमात्र यौन सम्पर्क गर्ने बानीको विकास गराउनुपर्छ । सामान्यतया श्रीमान्-श्रीमतीबीच यौन सम्पर्क राख्ने कुनै निश्चित रुटिन हुने गर्छ । त्यो रुटिनमा बाँधिने व्यक्तिहरु यस्तो समस्यामा पर्न सक्छन् । अर्थात रुटिन नजिक आउँदै गर्दा टाउको दुख्ने भयले पनि समस्या निम्त्याउने गर्छ ।

यसबाट बच्ने अर्को उपाय भनेको औषधिको सेवन हो । यौनसम्पर्क कम गर्ने वित्तिकै धेरै समस्या समाधान हुन्छ । कहिलेकाहिँ टाउको दुखेको अवस्थामा औषधिको सेवन गर्न सकिन्छ । यसका लागि चिकित्सकसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।

यो समस्याको तेस्रो र महत्वपूर्ण उपचार योग एवं प्राणायाम हो । योग एवं प्राणायम गर्ने व्यक्तिमा भविष्यमा हुने डरको कारण हुने चिन्ता कम कम हुने गरेकाे छ । योग गर्ने मानिस परिस्थिति अनुसार निर्णय गर्न सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा योग-प्राणायामले सन्तुलन यौन जीवन तर्फ आकषिर्त गर्छ । प्राणायामले अन्य कारणले दुख्ने गरेको टाउको पनि निको भएको पाइएको छ । यसरी यी तीन उपाय अपनाउनुभएको खण्डमा तपाईंले अवश्य पनि राहत पाउनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment