Comments Add Comment

यातायात व्यवसायीको खुट्टामा बन्चरो !

सार्वजानिक बसमा यात्रा गर्दा सर्वसाधारण यात्रुले  पाएका र भोगेका सास्तीहरुको फेहरिस्त यहाँ बर्णन गर्नू नपर्ला, अधिकांश सर्वसाधारणले धेरै नै बिभिन्न सास्ती भोगेका छन् ।

सरकार यतिबेला सिन्डिकेट विरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको छ। यातायात व्यवसायीले भने आफ्ना सवारी साधन नचलाएर सिन्डिकेट तोड्ने सरकारी  कदमविरुद्ध आन्दोलनको घोषणा नै गरे । तर सरकारलाई जनताले अभुतपूर्व साथ र समर्थन दिएका छन्। जसरी भारतीय नाकावन्दीमा नेपाली जनता हैरानी दु:ख, कस्ट खेप्न तयार भएर पनि भारतसँग झुक्न नहुने पक्षमा थिए, त्यस्तै यतिबेला पनि बरु कस्ट खप्छौ,तर यातायात सिन्डिकेट तोड्नै पर्छ भनेर सरकारलाई साथ,सहयोग र हौसला प्रदान गरिरहेका छन्।

नेपालका सार्वजनिक यातायात व्यवसायीहरुको दादागिरिले सिमा नाघिसकेको थियो।यो प्रकृतिको नियम जस्तै पनि हो,संसारमा नाजायज कुरामा अति गर्न खोज्नेहरुको ढिलोचाँडो पतन भएकै छ।सारा संसार हल्लाउने हिटलरको दर्दनाक अन्त्य भयो।यस्ता थुप्रै तानाशाह,जो  ढिलोचाँडो ढलेकै इतिहास छ।

नेपालका यातायात व्यवसायीहरु पनि एक किसिमले तानाशाही शासक झैं थिए।तिनीहरु यति उन्मत्त भइसकेका थिए कि,सरकारी नियम,कानुन र सरकारको निर्णयलाई  समेत खिल्ली उडाउदै सरकारी कदमलाई मजाक सम्झिरहेका थिए।

ओली सरकारको सिन्डिकेट खारेज गर्ने निर्णयपछि व्यवसायीले सेवा बन्द गरेर आफ्ना गाडीहरु ग्यारेजमा थन्काए,जुन कानुनत पनि अपराध हो।आफ्ना गाडी थन्काएपछि सरकार लत्रिएर माग पूरा गर्ला विगतमा झैं ब्यबसायीलाई वार्ताको टेबुलमा बोलाउला भन्ने सोचेका व्यवसायीको सोचभन्दा ठीक उल्टो सरकार सिन्डिकेटधारी यातायात व्यवसायीमाथि निर्मम भएर प्रस्तुत भयो।जसलाई अपार जनसमर्थन मिलिरहेको छ।सरकारको अहिलेको कदम हेर्दा लाग्छ,सरकारले यातायात व्यवसायीसँग कुनै सम्झौता गर्दैन,झुक्दैन र आफ्नो कदमबाट पछि हट्दैन।

दु:ख पाइस् मंगले, आफ्नै ढंगले

जसले पनि लगानी गरेपछि प्रतिफलको आशा राख्नु स्वाभाविक हो।यसमा कुनै अपवादै छैन। त्यस्तै लाखौं लगानी गरेका यातायात व्यवसायीले पनि फाइदाकै लागि गाडी किनेका हुन्। तर, फाइदा लिने नाममा जनतालाई उल्टो सास्ती दिन भने पाइँदैन।यात्रुलाई सुविधा दिएर र उनीहरुको चित्त बुझाएर फाइदा लिने हो ’अति गरेपछि खति हुन्छ’ भन्ने नेपाली उखान यतिबेला सिन्डिकेटधारी यातायात व्यवसायी माथि लागू हुन्छ, त्यस्तै अर्को उखान पनि छ- ‘दु:ख पाइस् मंगले, आफ्नै ढंगले भनेझैं भइरहेको छ।

एउटा उदाहारण

इजरायलमा दुई- तीनवटा मात्रै सार्वजनिक यातायात कम्पनीले बर्षौदेखी उत्कृष्ट सेवा प्रदान गरिरहेका छन्। केही सीमित ठाउँमा हलुका सवारी साधन पनि चल्छन्। बर्षौंदेखि यी कम्पनीले  भने जस्तो,यात्रुले खोजेजस्तो, सेवा-सुविधा दिइरहेका छन्। समय सापेक्ष आफूलाई सुधार्दै र आधुनिक बनाउँदै लगेका पनि छन्।यि कम्पनीका बस सर्वसुलभ छन् र सेवाप्रति यात्रुको गुनासो कमै सुनिन्छ।

सार्वजानिक बस सामान्य हैसियतका मानिसहरु मात्रै होइन, हुनेखाने र सरकारी उच्च ओहदाका मानिसहरुका लागि पनि प्रिय छ।

यदि नेपालका यातायात व्यवसायीहरुले पनि एक पटक होइन, पटक-पटक सार्वजानिक रुपमा,विभिन्न माध्यमबाट  आएका यात्रुको गुनासो सुनेर, आफ्नो सेवालाई समय सापेक्ष सुधार गर्दै लगेका भए, सरकारको निर्देशन र नियम अनुसार चलेका भए आज उनीहरुप्रति  न सरकार यति निर्मम हुनुपर्थ्यो, न व्यवसायीको जेलको बास हुन्थ्यो।

यात्रुसँग मनपरी भाडा उठाउने तर पैसा अनुसारको न्युनतम सेवा-सुविधा पनि नदिने लगायतका कयौं हैरानी-सास्ती  यात्रुलाई दिएका हुनाले व्यवसायी आफै पतनको बाटोमा आघि बढेका हुन्।यसमा उनीहरु सरकारसँग झोक्किनु र घुर्की लाउनुको कुनै तुक छैन।

अन्तिममा,यातायात व्यवसायी ज्यु, तपाईंहरुले आँखाको पट्टि खोल्न धेरै ढिला गर्नुभयो, सरकारी नियम र निर्देशनको ठाडै अवज्ञा गर्नुभयो। तपाईंहरु बाहेक यो देशमा अरु पनि गाडी किन्ने हैसियत राख्छन्,यात्रुलाई सेवा-सुविधा दिएर सरकारी निर्देशन र नियम अनुसार गाडी चलाउन थुप्रै  तयार भएर बसेका छन्। ढिलामाथि-झन् ढिला नगर्नुहोस् र आफ्नो खुट्टामा आफैं बन्चरो नहान्नुहोस् र सरकारको निर्णय शिरोधार गर्दै यातायात सुचारु गर्नुहोस् र समय सापेक्ष आफ्नो सेवामा सुधार गर्दै जानुहोस्।

तपाईहरु अटेर गर्नेभए अरुका लागि सरकारले बाटो खुला गरिदिइसकेको छ ।

हाल -इजरायल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment